Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सशस्त्र प्रहरीले जस्तो सुकै विपदको पनि सामना गर्छ : डिआइजी प्रधान

माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा,२ माघ

सशस्त्र प्रहरी नायव महानिरीक्षक(डीआईजी) किशोर प्रधानले सशस्त्र प्रहरीमा जस्तो सुकै विपतको पनि सामना गर्न सक्ने क्षमता रहेको बताउनुभएको छ । स्थापना कालदेखिनै विपत तथा प्रकोपको सामना गर्दै जनताको सेवामा समर्पीत रहेको बताउँदै सशस्त्र प्रहरीको मुख्य काम नै विपतमा सशस्त्र प्रहरी परिचालित हुनु रहेको बताउनुभयो । २३ औ भुकम्प सुरक्षा दिवशको अवसरमा सशस्त्र प्रहरी बल नेपाल न ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटाको आयोजनामा भएको जनचेतनामुलक कार्यक्रममा बोल्दै डिआईजी प्रधानले सशस्त्र प्रहरीले जिल्ला जिल्लामा विपत व्यावस्थापन समुह निर्माण गरेको बताउनुभयो ।
सशस्त्र प्रहरीमा पानी मुनी गएर भएपनि खोज्न सक्ने जनशक्ति रहेकाले नेपालको कुनै पनि ठाउँमा विपतको कारण लामो समयसम्म समस्या नहुने बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल न ५ बिन्ध्यावासिनीका बाहिनीपती समेत रहनुभएका प्रधानले नागरिकहरुलाई शान्ती सुरक्षाको प्रत्याभुती गराउन सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिलाई रोक्न सशस्त्र प्रहरीले विशेष जोड दिएको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले जस्तो सुकै विपतमा पनि उद्धार कार्यमा सशस्त्र प्रहरीले भुुमीका अतुलनिय रहेको भन्दै प्रशंसा गर्नुभयो । भुकम्प,बाढि पहिरो आगलागी जस्ता विपतमा सशस्त्र प्रहरीले धेरै नेपालीहरु ज्यान बचाउन सफल भएको बताउनुभयो । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले विपत भइपरि आउने भएकोले यसबाट सचेत हुनुपर्ने बताउनुभयो । विपद वाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा सबै जानकार हुन आवश्यक रहेको उहाँले बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल न ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटाले विपत वाट बच्न सकिने अभ्यास बारे प्रस्तुती दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma