Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

बाल श्रम विरुद्ध रणनीती निर्माण गर्न चन्द्रौटामा २ दिने अभिमुखिकरण

बाल श्रम विरुद्ध काम गरिरहेको दलीत निगरानी समीती कपिलवस्तुले दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ । संक्रीय संचार अभियान वारे समुदायमा आधारीत संगठनका पदाधिकारीहरुलाई दुई दिने अभिमुखिकरण कार्यक्रमको सुरुवात गरिएको छ ।
विश्व शिक्षाको सहयोग , एन्टेना फाउण्डेशनको सहकार्यमा दलीत मानव अधिकार निगरानी समीतीले कपिलवस्तुको विभिन्न पालीकामा रहेका ईटा भटामा वाल श्रमीकहरुको अवश्थाको विषयमा जानकारी दिने तथा वाल श्रम रोकनको लागी गर्न सकिने कामको विषयमा सुझाव लिन संघ सस्थाका पदाधिकारीहरुसंग छलफल कार्यक्रम गरेको दलित मानव अधिकार निगरानी समीती कपिलवस्तुकी अध्यक्ष मिना परियारले वताउनुभएको छ ।
दुई दिन सम्म चल्ने कार्यक्रममा सामाजीक र व्यवहार परिवर्तन , वाल श्रमको अवस्था ,सरोकारवालाहरुको बिश्लेषण , रणनीती निर्माण , रणनीती कार्यन्वयन र संचार माध्यमवाट वाल श्रम रोकनको लागी गरिने जनचेतनामुलक कार्यक्रमहरुको साम्रागी उत्पादन लगाएतको विषयमा छलफल हुने अध्यक्ष परियारले वताउनुभएको छ । कार्यक्रमको एन्टेना फाउण्डेशनका अरुण राईले सहजीकरण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma