Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

गाेल्डेन स्टारको आठ पटक उपाधी चुम्ने सपना अधुरो

सुर्यमुखी युवा क्लबको आयोजना र शिवराज नगरपालिका ९ को सहआयोजनामा सुर्यमुखी खेल मैदानमा संचालन भइरहेको २० औ सुर्यमुखी खेल मेलाको सातौं दिन शुक्रबार पनि उल्लेख्य दर्शकको उपस्थिति माझ तीन खेल सम्पन्न भएको छ ।पौष २५ देखि शुरु भएको खेल मेलाको सातौं दिनको पहिलो खेल सुर्यमुखी र साईनिङ्ग स्टार् युवा क्लब बीच भएको थियो उक्त खेलमा सुर्यमुखी पेनाल्टीमा २का विरुद्ध ३ गोल गरेर बिजयी भएको छ निर्धारित समयमा दुबै तर्फबाट कुनै पनि गोल नहुदा खेल पेनाल्टीमा पुगेको थियोे ।

दोस्रो खेल सुपर स्टार् स्पोर्टस र जयबुद्ध सामाजिक युवा क्लब बीच भएको थियो उक्त खेलमा ३को विरुद्ध ४ गोल गर्दै जयबुद्ध सामाजिक युवा क्लब बिजयी भएको छ। पहिलो हाफको १८औ मिनेटमा अग्रता पाएको सुपर स्टार् स्पोर्ट्सले २२औ मिनेटमा अग्रता गुमाएको थियोे । निर्धारित समयमा दुबै समूहले १,१ गोल मात्र गरे पछी खेल पेनाल्टीमा पुगेको थियो पेनाल्टीमा ३ का विरुद्ध ४ गोल गरेर जयबुद्ध सामाजिक युवा क्लब बिजयी भएको हो।शुरुवाती अग्रता पाएको सुपर स्टार स्पोर्ट्सले अग्रता जोगाउन नसक्दा हार बेहोर्नु परेको हो अन्तिम खेल गाेल्डेन स्टार बनियाभार र ग्रीन भिजन बीच भएको थियोे अन्तिम खेलमा १ का विरुद्ध २ गोल गरेर ग्रीन भिजन बिजयी भएको छ । सबै भन्दा धेरै सात पटकसम्म उपाधी चुमेको गाेल्डेन स्टार बनियाभारको हारसङगै अाठौ पटक उपाधी चुम्ने यात्रा समाप्त भएको छ । शनिबार पनि तीन खेल हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma