Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

वाल श्रमविरुरुद्ध रणनीती वनाउदै दुई दिने अखिमुखिकरण सम्पन्न ।।

बाल श्रम विरुद्ध काम गरिरहेको दलीत मानव अधिकार निगरानी समीती कपिलवस्तुले दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । ईटा भटामा काम गर्ने वालश्रम विरुद्ध सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने र वालश्रमविरुद्ध विभिन्न अभियानहरु संचालन गर्न रणनीती वनाउदै कार्यक्रम सम्पन्न भएको छ ।
कपिलवस्तुको चन्द्रौटामा विभिन्न संघ सस्थाका पदाधिकारीहरुसंग वालश्रम विरुद्ध रणनीती तयार गर्न हिजो देखि सुरु भएको अभिमुखिकरण कार्यक्रमले वाल श्रम विरुद्ध संचारमाध्यम संग सहकार्य गरेर विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गर्ने विषयमा छलफल भएको दििलत मानव अधिकार निगरानी समिति कपिलवस्तुका अध्यक्ष मिना परियारले वताउनुभएको छ ।

कार्यक्रममा सामाजीक र व्यवहार परिवर्तन , वाल श्रमको अवस्था ,सरोकारवालाहरुको बिश्लेषण , रणनीती निर्माण , रणनीती कार्यन्वयन र संचार माध्यमवाट वाल श्रम रोकनको लागी गरिने जनचेतनामुलक कार्यक्रमहरुको साम्रागी उत्पादन लगाएतको विषयमा वृहत छलफल भएको अध्यक्ष परियारले वताउनुभएको छ ।
कार्यक्रमको एन्टेना फाउण्डेशनका अरुण राईले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा शिवराज नगरपालीका , महराजगंज नगरपालीका र वुद्धभुमि नगररपालीकामा प्रतिनिधित्व गर्ने संघ सस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma