सुर्यमुखी युवा क्लबको आयोजना र शिवराज नगरपालिका ९ को सहआयोजनामा सुर्यमुखी खेल मैदानमा संचालन भइरहेको २० औ सुर्यमुखी खेल मेलाको सातौं दिन शनिबार पनि तीन खेल सम्पन्न भएको छ ।पौष २५ देखि शुरु भएको खेल मेलाको सातौं दिनको पहिलो खेल सुर्यमुखी बि गाेल्डेन स्टार् युवा क्लब बीच महिला फुटबल भएको थियो उक्त खेलमा ०का विरुद्ध १गोल गरेर गाेल्डेन स्टार् युवा क्लब बिजयी भएको छ
दोस्रो खेल ईस्टर्न योङ्ग र सुर्यमुखी बि बीच भएको थियो उक्त खेलमा ०को विरुद्ध ३ सुर्यमुखी बि बिजयी भएको छ।
अन्तिम खेल साईनिङ्ग स्टार स्पोर्टिङ क्लब तुरुन्तपुर बीच भएको थियोे अन्तिम खेलमा १ का विरुद्ध २ गोल गरेर स्पोर्टिङ क्लब बिजयी भएको छ ।
आइतबार पनि तीन खेल हुने आयोजकले जानकारी दिएको छ ।
Facebook Comments Box