Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सामुदायिक भवन भत्काउन नदिने भन्दै गाउँले एकजुट

माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा
कपिलवस्तुले शिवराज नगरपालिका ३ कटुवामा निर्माण गरीएको सामुदायिक भवन भत्काउन जिल्ला अदालतले दिएको आदेश बिरुद्ध स्थानियले अबरोध गर्ने जनाएका छन समुदायको लागि निर्माण भएको सामुदायिक भवनले कसैलाई समस्या नपारेको भन्दै राजनितिक कारणले भवन बिरुद्ध मुद्धा दायर भएको स्थानियहरुको भनाई रहेको हरुको भनाई रहेको छ ।
शिवराज नगरपालिकाको आर्थिक बर्ष २०७४।०७५ मा विनियोजीत रु ५ लाख र स्थायिनहरु श्रमदानमा उक्त भवन निर्माण भएको थियो । आइतवार प्रशासनले भवन भत्काउने तयारी गरेको भन्ने थाहा पाएपछि स्थानिय गाउँले भवनमा जम्मा भएका थिए । कुनै पनि हालतमा भवन भत्काउन नदिने जिकिर गर्दै एक व्यक्ति का कारण समुदायको हित बिरुद्ध काम गर्न नहुने जनाएका छन्। कटुवा गाँउका एक व्यक्तीको घर आगाडी सामुदायिक भवन निर्माण गरेको भन्दै मुद्धा दायर गरेका थिए । बल प्रयोग गरी भवन भत्काउँदा हिंसात्मक गतिबिधि बढन सक्ने भन्दै पुनः एकपटक छलफल गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma