Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

२० जना कृषकलाई चापाकटर र ठेला

कपिलवस्तुको शिवराज नगरपालिकाले २० जना कृषकलाई घास काट्ने मेशिन चापाकटर र गोबर फाल्ने ठेला बितरण गरेको छ । आर्थिक वर्ष २०७७।७८ अन्तर्गत पशु विकास कार्यक्रममा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री बितरण गरेको पशु शाखाका प्रविधिक राम प्रसाद अधिकारीले बताउनुभयो । आइतवार नगरप्रमुख नेत्रराज अधिकारीले किसानहरुलाई उक्त सामाग्री हस्तानतरण गर्नुभएको हो ।
हस्तान्तरण गर्दै प्रमुुख अधिकारीले सामाग्रीहरुको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । नगरले काम गर्ने किसानहरुलाई अनुदानको व्यावस्था गरेको भन्दै अनुदानको दुरुपयोग नहुने बताउनुभयो । पशुपालक किसानहरुलाई लक्षीत गरेर घास काट्ने मेसिन तथाा ठेला बितरण गरिरएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma