नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुको अगुवा कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ ।जिल्लाको ४ नं. जितपुर बुङचीमा रहेको सिद्धार्थ बहुमुखी क्याम्पसको सभा हलमा केन्द्रिय नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टि नेकपा जिल्ला कमिटिले जनाएको छ ।
मंगलबार हुने प्रशिक्षण कार्यक्रममा नेकपाका नेताहरु युवराज ज्ञवाली, बर्षमान पुन, चक्रपाणि खनाल ,ओनसरी घर्ति, डोर प्रसाद उपाध्याय, ठाकुर गैरे लगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा नेता तथा शिवराज नगर कमिट अध्यक्ष दिनेश पुनले जानकारी दिनु भयो । देशको बद्लिदो राजनैतिक परिवेशको विषयमा नेताहरुले प्रशिक्षण दिने पुनले बताउनु भयो ।

0Shares