Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवपुरमा खानेपानी टंयाङकी शिल्यान्यास



कपिलवस्तु ,६ माघ
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुर रेन्जरपोष्टमा खानेपानी ओभरहेड ट्यांकीको शिलन्यास भएको छ । शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले मंगलबार ट्यांकीको शिलन्यास गर्नु भएको हो । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय खानेपानी सरसफाई डिभिजन कार्यालय बुटवल अन्तर्गत शिवपुरमा ४५० घन मिटरको क्षमता भएको ओभर हेड ट्यांकी निर्माण हुन लागेको हो ।

शिवपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिती शिवपुरको आयोजनामा भएको शिलन्यास कार्यक्रममा नगर प्रमुख अधिकारीले हरेक नागरिकको घरघरमा स्वच्छ खानेपानी पुराउने सरकारको दायित्व रहेकोले शिवपुर गाउँको लागी प्रदेश सरकारको तर्फबाट निर्माण हुन लागेको बताउनु भयो । स्वास्थ्य समाज निर्माणका लागि पानी शुद्ध हुनुपर्ने ,पानी कै विभिन्न रोगहरु लाग्ने हुदाँ ओभरहेड निर्माण पछि धारामा आउने पानी सिधै पिउने लायक हुने लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले बताउनु भयो । आयोजना निर्माण सम्ममा स्थानिय बासीले हरेक तबरबाट उपभोक्ता समितिलाई सहयोग पुराउनु पर्ने पनि उहाँले बताउनु भयो । शिवराज नगरपालिकामा मात्रै ४ वटा खानेपानीका योजनाहरु प्रदेशबाट परेकोले अब नगरका सबै नागरिकले शुद्ध पिउने पानी पाउने उहाँले विश्वास व्यक्त गर्नु भयो ।


ओभर हेड निर्माण सगै अब पाइप लाइन विस्तारको काम हुने भएकोले पाइपलाईन विस्तारमा स्थानिय उपभोक्ताको सहयोग अपरिहार्य हुने उपभोक्ता समितिका अध्यक्ष ढुण्डिराज अधिकारीले बताउनु भयो । आयोजनाको काम चुस्त दुरुस्त हुनेमा अधिकारीले ढृढता व्यक्त गर्नु भयो । आयोजना अन्तर्गत भवन ,७८ किमि पाइपलाइन विस्तारको काम हुने उहाँले बताउनु भयो ।
१ करोड ४३ लाख ८ सय ७७ लागतमा ओभरहेड ट्याकी निर्माण हुन लागेको खानेपानी सरसफाइ सब डिभिजनका प्राविधीक तिलक न्यौपानेले बताउनु भयो । शिवपुर खानेपानीको कुल लागत भ्याट बाहेक करिब १६ करोड रहेको बताउदै उहाँले कुल लागतको १ प्रतिशत उपभोक्ताले रकम जम्मा गर्नु पर्ने र सो रकम उपभोक्ता समितिले मर्मत संभारका लागि प्रयोग गर्ने बताउनु भयो ।


निर्माणको जिम्मा पाएको सगुन कन्ट्रक्सनले ओभरहेड ट्याकी निर्माण अवधी २४ महिना भए पनि काम गर्ने शिलशिलामा बाधा अवरोध नआएमा १० महिनामा नै सम्पन्न गरिसक्ने कन्ट्रक्सनका प्रोपाइटर सागर खड्काले बताउनु भयो । शिलन्यास कार्यक्रममा नगर उप प्रमुख शिवकुमारी थारु, वडा अध्यक्ष जगत जिसी, कार्यपालिका सदस्यहरु लक्ष्मी हमाल, टिका वि.क., स्थानिय विभिन्न संघसस्थाका प्रमुख प्रतिनिधी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma