Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सूर्यमुखी खेलमेलाको उपाधी २ दशक पछि जयबुद्धले जित्यो (फोटो फिचर)


दिपक के.सी.
कपिलवस्तु माघ ०७
कपिलस्तुको शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा सूर्यमूखी युवा क्लबको २० खेल मेलाको उपाधी वडा नं. १ शिवपुरको जयबुद्ध सामाजिक युवा क्लबले जितेको छ । मंगलबार भएको फाइनल फुटबल खेलामा जयबुद्ध सामाजिक युवा क्लब समूह ए र जयबुद्ध सामाजिक युवा क्लब समूह विच प्रतिस्पर्धा भएको थियो । समूहले ए ले निर्धारित समयमा २ का विरुद्ध ३ गोल गर्दै २ दशक पछि उपाधी जित्न सफल भएको हो । प्रथम हुन सफल जयबुद्धले ४५ हजार ५ सय ५० रुपैया नगद सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।


महिला फुटबल तर्फको उपाधी गोल्डेन स्टार युवा क्लब बानियाभारले जितेको छ । फाइनल प्रतिस्पर्धामा पुगेको जयबुद्ध सामाजिक युवा क्लबका महिला खेलाडी खेल सुरु हुने समयमा नपुग्दा गोल्डेन स्टारले पोष्ट गोल गर्दै जित हासिल गरेको हो ।


यस्तै खेल मेलामा पुरुष फुटबल तर्फ जयबुद्ध सामाजिक युवा क्लब दोस्रो र आयोजक सुर्यमूखि युवा क्लबले तेस्रो भएको छ । महिला तर्फ जयबुद्ध सामाजिक युवा क्लबले दोस्रो स्थान प्राप्त गरेको छ ।


पुष २५ गते बाट सुरु भएको प्रतिस्पार्धाको मंगलबार समापन तथा पुरस्कार वितरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष चुरबहादर खड्काले खेलले स्वस्थ रहन मात्रै नभइ भाइचाराको सम्बन्ध बढाउदै अनुशासित हुन सहयोग गर्ने बताउनु भयो । शिवगढीको पहिचन बढाउन खेलाडीहरुले पनि महत्वपूर्ण योगदान पुराएको बताउदै प्रतिस्पर्धामा विजेता टिमलाई बधाई दिनुभयो । खेलकुदको विकासका लागी नगर र वडाबाट आयोजक टिमलाई सक्दो सहयोग उपलब्ध गराउने अध्यक्ष खड्काले प्रतिवद्धता व्यक्त गर्नु भयो ।


पुरुष तर्फ २० टिम र महिला तर्फ ७ टिमको सहभागिता रहेको खेल मेलामा खेलाडीले अनुशाशित भएर खेलप्रर्दशन गरी आयोजना सफल बनाउन सहयोग पुराएकोमा आयोजक सूर्यमूखि युवा क्लबमा अध्यक्ष प्रदिप शाहिले सम्पूर्ण खेलाडीलाई धन्यवाद दिनु भयो । साथै खेल सम्पन्न गर्नको लागी विभिन्न संघसंस्था र व्यक्तिहरुले पुराएको सहयोगको कृतज्ञता व्यक्त गर्दै प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
प्रतिस्पर्धामा दोस्रो पुरस्कार नगद २१ हजार ५सय ५०,ट्रफी मेडल र प्रमाण पत्र तेस्रो हुने टिमले नगर १० हजार ५ सय ५० ,ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक संस्था सल्लाहकार सुर्य गुरुङले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma