Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

बहादुरगंज आँखा अस्पताल : नेपाली भन्दा भारतीय बिरामी बढी

माधव बेल्बासे
कपिलवस्तु ८ माघ
कपिलवस्तुको बहादुरगञ्जमा रहेको आँखा अस्पतालमा नेपाली भन्दा बढी भारतीय बिरामीले सेवा लिएका छन् । भारतीय नागरिकको लागि नेपाली आँखा अस्पताल उपचार गर्न भरपर्दो ठाउँ बनेको छ । नेपाली नागरिकहरु अन्य स्वास्थ्य उपचारको लागी भारत लगाएत अन्य देशमा जाने गरेको भएपनि आँखा उपचारको लागी भारतीय नागरिकहरु नेपाली अस्पतालमा आउने गरेको पाइएको छ ।
सीमा क्षेत्र देखि करिब ७ किलोमिटरको दुरीमा रहेको छन्द कालेबाबु नारायणि आँखा अस्पतालमा उपचार गर्न आउने बिरामीहरु मध्ये अधिकांश भारतीय नागरिकहरु रहेको अस्पतालका प्रशासकिय अधिकृत जसराज विश्वकर्माले बताउनुभयो । सेवा प्रवाहमा गुणस्तरीयता रहेकोले भारतीय नागरिकहरु उपचारको लागि नेपाली आखा अस्पतालमा आउने गरेको उहाँले दावि गर्नुभयो ।
छन्द कालेबाबु नारायणी आखा अस्पताल बहादुरगंजवाट सन् २०२० मा ५ हजार २७ जनको मोतियाबिन्दुको शल्याक्रियाको भयो जसमध्ये ४ हजार १५६ जना भारतीय नागरिक रहेको अस्पतालको वाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले बताउनुभयो । एक वर्षको अवधिमा ८७१ जना मात्र नेपाली नागरिकहरुको मोतियाबिन्दुको शल्याक्रिया भएको छ ।त्यस्तै वहिरंग सेवा लिने ३८ हजार ४४७ जना मध्ये २२ हजार ६७१ जना भारतीय नागरिक रहेको संयोजक चन्दले बताउनुभयो । भारतको उत्तर प्रदेशका अधिंकाश जिल्ला तथा बिहार लगाएतका ठाउँ बाट आँखाका बिरामीहरु आउने गरेको उहाँले बताउनुभयो ।
भारतको सिदार्थनगर नौगढवाट आँखा उपचार गराउन आउनुभएकी शान्ती देवी कसैधानले भरपर्दो अस्पतला भएका कारण उपचारको लागि नेपाल आउने गरेको बताउनुभयो । आँखामा समस्या भए गाउँका सबै बहादुरगंज आउने भएकोले आफु पनि आएको उहाँले बताउनुभयो । अस्पतालले स्थानिय तहसँग सहकार्य गरि सबै तहका जनप्रतिनिधिहरु सँग छलफल गरिएको आँखा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले बताउनुभयो । जिल्लामा अन्धोपन हटाउन नागरिकहरु सचेत हुनुपर्ने बताउँदै आँखा संवेदनशिल अंग भएकोले यसमा लापरवार्ही गर्न नहुने थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma