Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

एउटै वडाका ८२ जना जेष्ठ नागरिकलाई कम्बल

कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ मा रहेका ८२ जना जेष्ठ नागरिकहरुलाई कम्बल बितरण गरिएको छ । वडाले वार्षिक कार्यक्रम अन्तर्गत वृद्धवृद्धाहरुलाई सम्मान गर्दै उक्त कम्बल बितरण गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । कम्बल बितरण गर्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारले जाडोबाट बच्न कम्बल बितरण गरिएको बताउनुभयो । जेष्ठ नागरिकलाई चिसोको समयमा विभिन्न रोगहरु लाग्न सक्ने भन्दै सुरक्षीत रहन आग्रह गर्नुभयो । कम्बल बितरण कार्यक्रम शिवराज नगरपलिकाको सबै वडाहरुमा सञ्चालन भइरहकोे समेत नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
यस्तै वडा अध्यक्ष टेकलाल सापकोटाले आफ्नो वडा भित्र रहेको गरिब तथा विपन्न बृद्घबृद्घा जेष्ठ नागरिकलाई जाडो मौसममा केहि मात्रमा भएन पनि राहत होस् भनि प्रत्येक जेष्ठा नागरिकलाई एक एक वटा कम्बल वितरण गरिएको बताए । वडाले केहि समय अघि वडा भित्र रहेका ५ कक्षा मुनी पढने वालवालिकाहरुलाई स्वीटर बितराण् गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma