Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराजमा माघ २२ गते देखि खेल महोत्सव हुने


दिपक के.सी.
कपिलवस्तु माघ १६

कपिलवस्तुको शिवराज नगरपालिकामा माघ २२ गते देखि खेल महोत्सव हुने भएको छ । स्वास्थ्यका लागी खेल कुद राष्ट्रका लागी खेलकुद भन्ने मूल नारा सहित खेल महोत्सव हुन लागेको पत्रकार सम्मेलन गरी नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो ।
खेल महोत्सव बारे जानकारी दिदै नगर प्रमुख अधिकारीले राष्ट्रलाई अन्र्तराष्ट्रिय जगत सम्म पहिचान गराउन खेलले महत्वपूर्ण भूमिका खेल्ने हुदाँ नगरका खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागी खेल महोत्सवको आयोजना गरिएकोे बताउनु भयो । माघ २२ गतेबाट सुरु हुने खेल महोत्सवमा विद्यालय स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगित, संस्घ संस्था क्लब स्तरिय मेयर कप र उप मेयर कप शिर्षकमा विभिन्न खेलकुद प्रतिस्पर्धा हुने मेयर अधिकारीले बताउनु भयो । खेल महोत्सवलाई भव्य सभ्य रुपमा सम्पन्न गर्नका लागी सबैले आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने समेत उहाँले बताउनु भयो ।
खेल महोत्सवमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल,एथलेटिक्स,कराते लगायताका प्रतिस्पर्धा विद्यालय स्तरिय रहने शिवराज नगर खेलकुद विकास समितिका संयोजक नेत्र बेल्वासेले बताउनु भयो ।यस्तै मेयर कप प्रतियोगिता तर्फ फुटबल, भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ भने उप मेयर कप तर्फ ,महिला फुटबल, र महिला कराते प्रतिस्पर्धा रहने संयोजक वेल्वासेले बताउनु भयो ।
पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थिले शिक्षा शाखाले तयार पारेको शैक्षिक दपर्ण पुस्तकको पनि सार्वजनिक गर्नु भयो । पुस्तक सार्वजनिक गर्दै पन्थिले नगरको सम्पूर्ण शैक्षिक गतिविधीलाई पुस्तकमा समेटेको बताउनु भयो । अव नगरको शिक्षाको अवस्था पुस्तकबाट नै थाह पाउन सकिने समेत उहाँले बताउनु भयो । पुस्तकमा नगरका विद्यालयहरुको अवस्था ,लगानी ,विद्यार्थी संख्या लगायत नगरले विद्यालय व्यवस्थापनमा गरेका कामहरु उल्लेख गरिएको शिक्षा शाखा प्रमुख पन्थिले बताउनु भयो ।
माघ २२ गते हुने उद्घाटन खेलमा शिवराज नगरपालिका, शिक्षकहरु र संचार कर्मि विच मैत्रि पूर्ण फुटबल र डोरी तान प्रतियोगिता हुने समेत नगर प्रमुख अधिकारीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma