Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराजमा कोरोना बिरुद्धको खोप लगाउँन सुरु (फोटोे फिचर)


दिपक के.सी.
कपिलवस्तु माघ १७

कपिलवस्तुको शिवराज नगरपालिकामा कोरोना बिरुद्धको खोप आज शनिबारबाट लगाउँन सुरु भएको छ । आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्दौटामा नगरमा पहिलो कोरोना विरुद्धको खोप नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले लगाएर सुभारम्भ गर्नु भएको हो ।


कोभिड १९ कोरोना विरुद्धको खोप पहिलो चरणमा स्वास्थ्य कर्मि ,स्वास्थ्य स्वंय सेविका,सुरक्षाकर्मिहरुलाई खोप लगाउन सुरु भएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताउनु भयो । अधारभूत स्वास्थ्य अस्पतालमा विजयनगर गाउँपालिकाका स्वास्थ्य कर्मि, स्वयसेविकाहरुलाई पनि खोप लगाइने उहाँले बताउनु भयो ।


कोरोना विरुद्धको ३ सय डोज खोप शिवराज नगरपालिकाको लागि आएको र विजय नगर गाउँपालिकाको खोप डोज आउन बाकी रहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताउनु भयो । खोप लगाइ सकेपछि आफुलाई कुनै खालको लक्षण नदेखिएकोले ढुक्क भएर खोप लगाउन सबैलाई भट्टराइले आग्रह गर्नु भयो ।


कपिलवस्तुमा ४ ठाउँमा कोरोना विरुद्धको खोप लगाउने व्यवस्था भएको जिल्ला कोरोना फोकल पर्सन उमेश बन्जाडेले बताउनु भयो । जिल्लाको तौलिहवा जिल्ला अस्पताल, पिपरा अस्पताल, शिवराजको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्दौटा र कृष्णनगरमा रहेको शिवराज अस्पतालबाट खोप सेवा प्रदान गरिएको बन्जाडेले बताउनु भयो । जिल्लामा पहिलो चरणमा ४५ सय कोरोना विरुद्धको खोप आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma