Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कृषिबाटै मनग्य आम्दानी गर्दै राधेश्याम

माधव बेल्बासे

चन्द्रौटा, १९ माघ । शिवराज नगरपालिका १ उमरीगाउँका राधेश्याम थारुले कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।२० वर्ष पहिलादेखि सुरु गरेको कृषि पेसा पछिल्लो समय थप मेहनत गरी व्यावसायिक रुपमा गर्न थालेका हुन् । उनले अहिले तरकारी खेती गरेर वार्षिक रु ७ लाख बचत हुने गरेको थारुले बताए । सिजनको समयमा आम्दानी बढी हुने उनले बताए ।

थारुले साढे तीन बिघा जग्गामा गोभि, टमाटर, खुर्सानी काउली लगाएतका तरकारी खेती गरिरहेका छन् । सिँचाईमा समस्या भएपछि अहिले आफूले निजी रुपमा चार वटा बोरिङ जडान गरेको सिचाई गर्ने गरेको उनले बताए ।आफ्नो चार जनाको परिवार रहेको थारुले परिवारका सबै सदस्यले काम गर्ने गरेको र थप पाँच जनालाई रोजगारी दिएको बताए । “घरका सबै सदस्यले बिहानै देखि साझ सम्म काम गर्ने गरेका छौँ, हाटबजारको दिन म आफैले तरकारी लगेर व्यापारीलाई बेच्ने गर्दछु, थारुले भने, “अन्य दिन गोडमेल,खनजोत गर्दैमा दिन बित्ने गर्दछ, ।”

वुधबार चन्द्रौटा, आइतबार शिवपुर र शुक्रबार हल्लानगरमा लाग्ने कृषि हाट बजारमा लगेर बेच्ने गरेका छन् । ताजा तरकारी पाइने भएकोले नजिक गाउँका मानिसहरु घरमै तरकारी खरिद गर्न आउने गरेको उनले बताए ।

लुम्बिनी प्रदेश सरकारले छनोट गरेको स्मार्ट कृषि गाउँ रहेकोले प्रदेशले दिएको टेम्पो मार्फत तरकारीहरुलाई बजार पुराउने गरेको उनले बताए । गाउँका अरु किसानहरुले उत्पादन गरेको तरकारी पनि टेम्पोमै लैजाने गरेको थारुले बताए ।कोरोनाको महामारीको बेलामा भने तरकारी बिक्रीमा समस्या उत्पन्न भएको थारुले बताए । घरघरमा लैजाँदा समेत बिक्री गर्न समस्या भएकोले उत्पादन भएको सामाग्री बारीमा कुहिँदा त्यतिबेला घाटा लागेको थारुले बताए ।

राधेश्याम थारु मात्र होइन यो गाउँका १२ जनाले व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका छन् । गाउँका अध्यक्ष समेत रहेको थारुले गाउँका सबै कृषकहरुले उत्पादन गरेका सामाग्रीलाई बजार लगेर विक्रीको लागि आफुले पहल गरेको बताए ।किसानले उत्पादन गरेको तरकारी विक्रि नभएर समस्या हुन नदिने उनले बताए । पैसा कमाउनको लागि बिदेश जान नहुने थारुको भनाई छ । मेहनत गरेमा देशमै राम्रो आम्दानी गर्न सकिने बताउँदै युवाहरुलाई कृषिमा पेशामा लाग्न सुझाव दिन्छन् ।

पछिल्लो समय अनुदानको लागि मात्र कृषि पेसा गर्ने गरेको पाइएकोले वास्तविक किसानहरुले अनुदानको भरमा पेसा गर्न नसक्ने बताए । कृषि पेसामा विज्ञहरु तथा प्राविधिकहरु नहुँदा विभिन्न रोगहरुले समस्या निम्त्याउने गरेको थारुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma