Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

अब मुलुकमा आर्थिक क्रान्ती आवश्यक : केन्द्रिय सदस्य मियाँ

माधव बेल्बासे
चन्द्रौटा,२२ माघ
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमसेद अलि मियाँले अब मुलुकमा आर्थिक क्रान्ती आवश्यक रहेको बताउनु भएको छ । सरकारले उद्योगीहरुलाई संरक्षण गर्ने कानून निर्माण गरेमा आर्थिक क्रान्ती उद्योगाीहरुले नै गर्न सक्ने बताउनुभएको छ । सामुदायिक रेडियो समानताले आयोजना गरेको सम्मान तथा अभिनन्द कार्य्रकमा बोल्दै मियाँले चन्द्रौटा कृष्णनगर क्षेत्रमा ५७ वटा उद्योगहरु संचालनमा रहेकोले यस क्षेत्र औद्योगिक क्षेत्रको रुपमा विकास भइरहेको बताउनुभयो ।
छिमेकि पहाडि जिल्ला हरुमा पनि उद्योग स्थापना भइरहेको बताउँदै ती उद्योगहरुलाई स्थापित कसरी गर्न सकिन्छ भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । देशमा भइरहेको राजनितिकि समस्याका कारण उद्योगीहरु चपेटामा पर्न सक्ने भएकोले यसमा उद्योगीहरु प्रभावित नहुन आग्रह गर्नुभयो । मियाँले उद्योगीहरुका समस्याहरुलाई समाधानको लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनुभएका मियाँले संघको भवन निर्माणको काम भइरहेकोले समितिको निर्णय अनुसार भवन निर्माण पश्चात संघको अधिवेशन हुने बताउँनुभयो ।
संस्थाका सल्लाहाकार हुमाकान्त खनाल,नवराज पाण्डे,नारायण पौडेल,भवनराज पौडेल,हरि पोखरेल,बिनोद नेपाल नारायण ज्ञावली,मधु पोख्रेल लगाएतले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । रेडियो समानताका अध्यक्ष राजु खरालले संस्थाका पुुर्व उपाध्यक्ष मियाँ केन्द्रिय सदस्य पदमा निर्वाचित भई यस क्षेत्रको लागि गौरवको कुरा भएको बताउनुभयो । उद्योगी व्यावासायीहरुलाई संचार क्षेत्र बाट सक्दो सहयोग हुने खरालले बताउनुभयो । अध्यक्ष खरालले मियाँलाई दोसल्ला ओडाई सम्मान पत्रले सम्मान गरिएको छ । राजु खरालको अध्यक्षता केन्द्रिय सदस्य जमसेद अलि मियाँको प्रमुख आतिथ्यता, मधुसुदन कोईरालाको स्वागत मन्तव्यमा रहेको कार्यक्रम स्टेसन म्यानेजर कृष्ण गरेको संचालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma