Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

चन्द्रौटामा ओली सरकार विरुद्घ पुत्ला दहन ।।

राम अवतार चौधरी
कपिलवस्तु, २५ माघ ।

कपिलवस्तुको शिवराज–५, चन्द्रौटा चोकमा ओली सरकार विरुद्घ आइतबार पुत्ला दहन गरिएको छ । जनता समाजबादी पार्टी नगर कार्य समितिको आयोजनमा भएको दहन कार्यक्रममा केपी ओली सरकार मुर्दावाद, असंबैधनिक कदम खारेज गर, निर्दोष रेशम चौधरीलाई रिहा गर र जसपा जिन्दावाद लगायतका नारा लगाइएको नगर समितिले जनाएको छ ।

पुत्ला दहन कार्यक्रमलाई सम्बोधन गर्दै जसपा केन्द्रीय सल्लाहकार इलियास मुसलमानले केपी ओली सरकारले चालेको असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम विरुद्घ जसपाले यो तेस्रो चरणको विरोध प्रर्दशन गर्न बाध्य भएको बताए । उनले अहिले देश संक्रमणकालिन अवस्थामा गुजरिरहेका बताउँदै ओलि र प्रचण्डाको भागबन्दा नमिलरे सिंगो देशलाई टुक््याउन र दुबाउन खोजेको आरोप लगाए । नेपाल कसैको पेवा होइन् यसलाई तराईका मूल आदिबासी थारु समुदायले संरक्षण गरेको देशमा हाल मुसलिम, जनजाती लगायतका समुदायलाई अपहेलना गर्दै शासन गरेको दमनकारी सरकार विरुद्घ विरोध गर्न पुत्ला दहन गरिएको मुसलमानले जनाए

जसपा प्रदेश सदस्य हिरालाल यादवले सरकारमा बसेका शांसकले आफ्नो स्वार्थ पूरा गर्न पोइजन खाएर आफू मात्रै नमरेर देशलाई नै घाट गर्न लागेको आरोप लगाए । आम नगरिकलाई नै भ्रममा पारी देशलाई नै दुबाउन लागेको उनले जनाए । यस्तै युवा नेता तथा जसपा प्रदेश उपाध्यक्ष मेनाज खानले शासकको भाग बन्दा नमिले पछि ओली सरकारले चलाएको असबैधानिक कदम जनताको हित विपरित भएको जनाए । ओलीको पुत्ला दहन कार्यक्रम गर्ने समाजवादी पार्टीको रहर नभएर बाध्यता भएको उनले जनाए । सरकारले असंबैधानिक कदम फिर्ता नलिए आन्दोलन तथा विरोध जारी राख्ने समेत उपाध्यक्ष खानले चेतावनी दिए ।

त्यसैगरी जनता समाजवादी पार्टीका युवा नेता रहिस शाहले कम्युनिष्ट सरकारले झुठोको खेती गरेको आरोप लगाएका छन् । नेकपा र कांग्रेसले आम सामुदायका नागरिकलाई बर्षौँ देखि गुमरहामा राखी प्रयोग मात्रै गरेको बताउँदै यस्तो नलायक सरकार जनतालाई स्वीकार्य नहुने बताए । वर्तमान सरकारले कसैलाई काखा कसैलाइ पाखा गरेको जनाउँदै सर्वसाधारणलाई एक असल राजनितिज्ञाको रुपमा जसपासँग सहकार्य तथा हातेमालो गरेर समुन्नत समाजको निमार्ण गर्न जसपा मै लाग्न नेता शाहले सुझाए । उनले चुनावको बेला जनतालाई कम्युनिष्टले ठूलाठूला सपना देखाएर विभिन्न गाउँ शहरमा स–साना काम समेत गर्न नसकेको विचार व्यक्त गरे ।

जसपा नगर कार्य समितिका अध्यक्ष कृष्ण कुमार चौधरीको अध्यक्षतामा भएको पुत्ला दहन कार्यक्रममा बोल्दै जसपा प्रदेश सदस्य शिव भगत ठाकुर र कपिलवस्तु जिल्ला सहइन्चार्ज शिवपुजन यादव लगायतले असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम विरुद्घ विरोध प्रदर्शन देशैभरी चलिहेको बताए । उनीहरुले भने देशको अभिभावक जस्तो जिम्मेवार पदमा रहेको शासकले यस्तो कदम उठाउन नै अहितकारी भएकोे जिकिर गरे । उक्त कदम विरुद्घ आइतबार जिल्लाको चन्द्रौटा, कृष्णनगर, तौलिहवा, लबनी, पक्डी र बिजयनगरमा समेत एकैसाथ विरोध प्रदर्शन भएको जनता समाजवादी पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma