Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

असंवैधानिक कदम बिरुद्ध जनता समाजबादि पार्टिको विरोध प्रर्दशन

जनता समाजबादि पार्टि नेपाल ले आज कपिलवस्तुको विजयनगर गाउँपालिकामा वृहत विरोध प्रदशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या देवि भण्डारीको को असम्बैधानिक कदम र प्रतिगमन कदमका विरुद्ध जिल्लाको विजयनगर ७ झुलनिया चौरहामा प्रदर्शन गरेको राम निवास पुरिले बताउनुभयो । विरोधसभामा पुरीले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक र असंवैधानिक कार्य गरेकाले त्यसको बिरोधमा प्रदर्शन गरेको बताउनुभयो ।

विरोध प्रदर्शनलाई जनता समाजबादि पार्टि नेपालका नेता राम प्रकाश चौधरी,राम निवास पुरी,बाल जि चौधरी र सन्तराम तेलि लगाएतका नेताहरुले सम्बोधन गर्नु भएको थियो । विरोध प्रदर्शन कार्यक्रममा गाउँपालिकाका हरेक वडारुबाट नेता तथा कार्यकर्ताहरुको उल्लेख्यमात्रामा सहभागिता रहेको राम निवास पुरिले जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma