Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सीमा क्षेत्रमा सवारी आवतजावत संचालन गर्न सांसद शाहको माग

माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा

कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले भारतसँग जोडिएको सीमा क्षेत्रमा सवारी आवातजावत संचालन गर्न माग गर्नुभएको छ । शुक्रवार नेपाली काग्रेका सभापति शेरबहादुर देउवालाई भेट गरी सीमामा यातायातका साधानहरु संचालन हुन नसक्दा नागरिकहरु समस्यामा परेको हुदाँ पहल गर्न आग्रह गर्दै ज्ञापन पत्र दिनुभएको छ ।
निजि तथा सार्वजनिक यातायातका साधनहरुलाई पुर्ववत् रुपमा नियम पुरा गरि नेपाल प्रवेशमा रोक लगाईदा तराई मधेशको भारत सँग रहेको सांस्कृतिक सम्वन्धमा समेत नकारात्मक प्रभाव परेको सांसद शाहले बताउनुभयो । नेपालका पर्यटकिय तथा धार्मीक स्थलमा भ्रमणको लागि आउने भारतीय नागरिकहरु प्रवेशमा समेत रोक लगाइदा पर्यटकिय क्षेत्रमा समेत ठुलो नोक्सानी भएको ज्ञापन पत्रमा उल्लेख छ । कोभिड १९ को संक्रमण कारण नेपाल भारत सीमा करिव १ वर्ष देखि सवारी आवतजावतमा रोक लगाएको र हाल संक्रमण दर कमी रहेको सगै खोप पनि प्रयोगमा आइसकेकोले सीमा क्षेत्र निर्वाध रुपमा आवतजावत गर्नको व्यावस्था मिलाउन आग्रह गरिएको छ । ज्ञापन पत्र बुझ्दै सभापती देउवाले सीमा क्षेत्रमा सवारी संचालन गर्न आफुले पहल गर्ने प्रतिबद्धता गरेको सांसद शाहले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma