Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराज खेल महोत्सव सम्पन्न


दिपक के.सी.
कपिलवस्तु फागुन ५
कपिलवस्तुको नगरपालिकामा संचालित नगर खेल महोत्सवको मंगलबार समापन भएको छ । शिवराज नगर खेलकुुद विकास समितिको आयोजनामा भएको खेल महोत्सवमा मेयर कपको उपाधी सूूर्यमुखी युुवा क्लबले जितेको छ ।
माघ २२ गतेबाट सुुरु भएको खेल महोत्सवमा मंगलबार भएको मेयर कप तर्फको फाइनल खेलमा सूूर्यमुखी युवा क्लब विजगौरीले शिवशक्ति युवाक्लब शिवपुरलाई ० का विरुद्ध ३ गोल गर्दै उपाधी जित्न सफल भएको हो । खेलको निर्धारित समयमा दुुबै टिमबाटट गोल नभए पछि पेनाल्टी सुट आउटमा ३ गोल गर्दै सूूर्यमुखीले मेयर कपको उपाधी आफनो बनाएको हो ।
नगर खेल महोत्सवमा उपमेयर कपको उपाधी जयबुद्ध युुवा क्लबका महिला टिमले जितेका छन । यस्तै राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी राष्ट्रिय मावि चन्द्रौटाले जितेको छ । राष्ट्रपति रनिङ्ग शिल्ड तर्फ नगरका विद्यालयहरु विच विभिन्न ३४ खेलमा प्रतिस्पर्धा भएको थियो । कुल ३२ मध्ये १२ खेलमा जित निकाल्दै राष्ट्रिय मावि चन्द्रौटाले राष्ट्रपति रनिङ्ग शिल्ड आफ्नो बनाएको हो ।
समापन समारोहमा बोल्दै नगर प्रमुख नेत्रराज अधिकारीले खेलकुदका माध्यमबाट युवाहरुलाई कुलतबाट बच्न सहयोग पुुग्ने बताउनु भयो । खेल कै माध्यमबाट नगरको पहिचान गराउन खेल महोत्सवले टेवा पुुगेको उहाँले बताउनु भयो ।
नगर खेलकुद विकास संयोजक नेत्र बेल्लबासे खेल कुुदलाई भव्य सभ्य रुपमा सम्पन्न गर्न सहयोग गरेकोमा सम्पूर्णलाई धन्यवाद दिनुभयो । कार्यक्रम विभिन्न विद्याका विजेताहरुलाई शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma