Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

बुद्धभूमिमा राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप उद्घाटन (फोटो फिचर)


दिपक के.सी.
कपिलवस्तु फागुन १४
कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिताको आज उद्घाटन भएको छ । नगरपालिका भित्रका संस्थागत तथा निजी विद्यालय स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता र वडा स्तरिय मेयर कप प्रतियोगिता हुने शिक्षा तथा खेलकुद शाखा ले जनाएको छ ।


कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सभापति नारायण खनालले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि खनालले विस्तारै खेलकुदका माध्यमबाट पनि विकासको लहर सुरु भएको बताउनु भयो ।

खेलकुदले व्यक्तिलाई मात्रै नभएर राष्ट्रलाई पहिचान दिलाउने बताउनु भयो । युवाहरुलाई दुव्र्यसनि,कुलतबाट बचाउन पनि खेलले महत्वपूर्ण भूमिका रहने सभापति खनालले बताउनु भयो ।


कार्यक्रमको उद्घान सत्रमा बोल्दै नगर प्रमुख केशब कुमार श्रेष्ठले चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मेयर कप सम्म आइपुग्दा नगरपालिकाले उत्कृष्ट खेलाडीहरु तयार पारिसकेको बताउनु भयो । नगरले भौतिक विकास संगै शिक्षा र खेलकुदलाई प्राथमिकता दिएको श्रेष्ठले बताउनु भयो । खेलकुदको विकासका लागी केन्द्रिय कार्यविधि नै बनेकोले सोहि अनुसार नै खेल खेलाइने उहाँले बताउनु भयो ।



उद्घाटन कार्यक्रममा सहभागि विद्यालयका खेलाडीले मार्चपास र विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानिय थारु कलाकारहरुले झुमरा नाच, मयुर नृत्य प्रतुत गरेका थिए भने उसु खेलाडीले कारातेको डेमो देखाएका थिए ।

यस्तै विद्यार्थीहरुले कार्यक्रमा खुकुरी नृत्य समेत प्रस्तुत गरेका थिए । नगरका २० विद्यालयका १४४३ खेलाडी विद्यार्थीको सहभागिता रहेको प्रतियोतिामा रनिङ्ग शिल्ड तर्फ भलिवल,कबडी, एथलेटिक्स, रिले दौड लगायतका खेलहरु खेलाई शिक्षा तथा खेलकुद शाखा प्रमुख कृष्ण भट्टराईले बताउनु भयो । राष्ट्रपति रनिङ्ग शिल्ड र मेयर कपका लागी नगरपालिकाले ९ लाख बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma