Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सहकारीका सदस्यलाई पशु व्यवस्थापन तालीम ।।


हिमपात साना किसान सहकारी संस्थाले दुई दिने पशु व्यवस्थापन तथा उपचार तालीमको सुरुवात गरेको छ । संस्थाको आयोजना ,साना किसान विकास लघुवित वितिय संस्थाको सहयोगमा सहकारीले आफना सदस्यहरुको लागी तालीमको आयोजना गरेको हो ।
सहकारीवाट त्रटण सहयोग लिएर पशु व्यवसाय गरिरहेका संस्थाका सदस्यलाई व्यवसायिक प्रर्वद्धनको लागी तालीम संचालन गरिएको हिमपात साना किसान सहकारी संस्थाका अध्यक्ष शिवराज सुवेदीले वताउनुभएको छ । अध्यक्ष सुवेदीले व्यवसायिक किसानको लागी पशुपालन व्यवस्थापन पशुको उपचार विधिको विषयमा जानकारी दिने उदेश्यले तालीम संचालन गरेको वताउनुभएको छ । उहांले तालीम पछि थप व्यवस्थीत हुनेमा विश्वास व्यतm गर्नुभएको हो । करिव ५० जनाको सहभागीता रहेको तालीमको शिवराज नगरपालीकाका नगर प्रमुख नेत्रराज अधिकारीले उदघाटन गर्नुभएको छ ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अधिकारीले कृषक पशु तषा कृषि पेशामा आत्म निर्भर वनाउनको लागी यस्ता खाले तालीमले थप सहज हुने वताउनुभएको छ । उहांले सहकारीहरुले नागरिकको जिवनस्तरमय जोडिने कामहरुमा लगानी वढाउन समेत सुझाव दिनुभएको छ । मेयर अधिकारीले उर्जाशिल भएर व्यसायिक रुपमा पशुपालन गर्न अनुरोध गर्दै नगरपालीका कृषकलाई सहयोग गर्न तयार रहेको वताउनुभएको छ । दुई दिन सम्म चल्ने तालीमको शिवराज नगरपालीका पशु शेवा साखाका प्राविधिक रामप्रसाद अधिकारीले सहजीकरण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma