Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

जन्मोत्सवमा ४२ जना विद्यार्थीहरुलाई शौक्षिक सामाग्री वितरण

माधव बेल्बासे
चन्द्रौटा,१९ फागुन
कपिलवस्तुुको शिवराज नगरपालिका वडा नं ५ निवासी लेखनाथ पौडेलको ४३ आंै जन्मोत्सवको अवशरमा विद्यार्थीहरुलाई शौक्षिक सामाग्री वितरण गर्नुभएको छ । शिवराज नगरपालिका वडा १ बनकसमा रहेको जागृती आधारभुुत विद्यालयमा अध्यानरत ४२ जना विपन्न वालवालिकाहरुलाई शौक्षिक सामाग्री बितरण गरिएको छ ।


विद्यालयमा पुुगेर सामाग्री वितरण गर्दै पौडेलले जन्मदिनको अवशरमा वितरण गरिएको सामाग्रीले पठनपाठनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । शिवपुुर स्वास्थ्य चौकीका प्रमुख समेत रहेका पौडेलले आफुले जन्मदीनको अवशरमा फजुल खर्च नगरि सामाजिक क्षेत्रमा खर्च गरेको बताउनुुभयो । पौडेलले विद्यार्थीहरुलाई कपि,कलम र झोला वितरण गरेको बताउनुुभयो ।
कार्यक्रममा वडा न १ का अध्यक्ष जगत बहादुर जिसीले जन्मोत्सवको अवशरमा पोशाक वितरण गरेर सामाजिक कार्य गरेकोमा पौडेललाई धन्यवाद दिनुुभयो । जन्मदिनको अवसर अन्य खर्च गर्नुभन्दा सामाजिक क्षेत्रमा खर्च गर्ने कार्य सबैले सिक्नुपर्ने जिसीले बताउनुुभयो ।व्यापार संघका अध्यक्ष महादेव पोखरेल,पत्रकार दिपक खड्का, विद्यालयका प्रध्यानाध्यापक मनकुुमारी थापा,स्वास्थ्यकर्मी प्रकाश पोखरेलले जन्मदिनको शुुभकामना सगै सामाजिक कार्य गरेकोमा धन्यवाद दिए । पौडेलकी धर्मपत्नी रिता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यापालिका सदस्य लक्ष्मी हमाल,टिक बिक लगाएत विद्यालय अभिभावक,शिक्षक शिक्षिका सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma