Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

पिडाको घाउमा मलम लगाउँदै वडा अध्यक्ष सापकोटा

माधव बेल्बासे
कपिलवस्तु

जनताको लागि काम गर्ने प्रतिवद्धता गरेर निर्वाचित भएका जनप्रतिनिधिहरु आफ्नै स्वार्थमा लिप्त भएको घटनाहरु आइरहन्छन ।नागरिकहरु सँग गरेका बाचालाई निर्वाचित भइसकेको पछि भुल्ने गरेका छन् । तर कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले भने निरन्तर नागरिकहरुको दुखेको घाउँमा मलम लगाउनु भएको छ । उहाँले सरकारले देएको सेवा सुविधा पनि नागरिकहरुमा लगानी गर्नुभएको छ । केहि दिन अघि शिवराज नगरपालिका ३ सोनवर्षिका मटेलु रैदासको उपचारका क्रममा निधन भयो ।


दैनिकि मजदुर गरेर जिविको पार्जन गर्ने रैदास परिवारलाई अहिले काजकिरिया गर्नको लागि पनि रकम नहुदा समस्यामा थिए । श्रीमानको मृत्यु र छोरा अशक्त हुदा बेसहारा बनेका पीडित परिवारलाई वडा अध्यक्ष सापकोटा राहत उपलब्ध गराएको छ । विपन्न परिवारलाई कसैको साहारा नभएपछि वडा अध्यक्षले पिडितको घरमै पुगेर नगद १०,१०० रकम सहयोग गर्नुभएको हो । मजदूरी गरी जीविकोपार्जन गर्दै आएका अति विपन्न परिवारमा कमाउने मान्छे नै नभएपछि परिवार बिचल्लीमा परेका हुन ।

रिक्सा चलाएर जिविको पार्जन गर्दै आएका रैदास परिवारलाई वडा अध्यक्ष सहयोग गरेपछि खुसि भएका छन् । पिडित परिवारलाई केहि पनि सहयोग हो भन्ने उद्देश्यले सहयोग गरेको वडा अध्यक्ष सापकोटाले बताउनुभयो । आफूले व्यक्तिगत रुपमा पिडित परिवारलाई सहयोग गरेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष सापकोटाले यस भन्दा अघि पनि नगर तथा वडाका नागरिकहरुलाई समस्यामा परेका समयमा आर्थिक सहयोग देखि अन्य काममा पनि सहयोग गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma