Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

अकोराव प्रदेश अध्यक्षमा खराल


माधव बेल्बासे
चन्द्रौटा ,कपिलवस्तु

सामुदायिक रेडियो प्रशारक संघ अकोरावको लुम्बिनी प्रदेश अध्यक्षमा राजु खराल सर्वसम्मत चयन भएका छन् । गत पुस २५ गते देखि काठमान्डौमा सुरु भएको अधिवशेनले खराललाई प्रदेश अध्यक्षमा चयन गरेको हो। कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा निवासी खराल लामो समयदेखि कपिलवस्तुमा रहेर पत्रकारीता गर्दै आएका हुन । लामो समयदेखि सामुदायिक रेडियोका कार्यरत रहेका खराल यस भन्दा अघि प्रदेश उपाध्यक्षमा निर्वाचित भएका थिए ।
सामुदायिक रेडियोमा राम्रो दख्खल भएका खरालले प्रदेशका रेडियोहरुलाई व्यवस्थित बनाई नागरिकहरुको आवाज बोल्ने माध्यमको रुपमा सामुदायिक रेडियोलाई लैजाने प्रतिकृया दिएका छन् । धरै सामुदायिक रेडियोहरुमा आर्थिक समस्या,कर्मचारीको अभाव ,स्थानिय सरकार सँगको सहकार्यको कमी लगाएत अनेकै समस्याहरु रहेकोले अब ति समस्यालाई सहज बनाउने प्रतिबद्धता जनाए ।
पढाईको शिलशिलामा बुटवल पुगेका खरालको त्यँहावाट रेडियो यात्रा सुरु भयो । केहि वर्ष बुटवल केहि वर्ष रेडियो कपिलवस्तुमा काम गरेका खरालको अगुवाईमा जिल्लाको तेस्रो रेडियोका रुपमा रेडियो समानता स्थापना गरे । रेडियो समानतामा झण्डै ७ वर्ष स्टेसन म्यानेजर र विगत ३ वर्ष देखि अध्यक्षको रुपमा रहेका खरालले सामुदायिक रेडियोहरुलाईहरुलाई स्थापित गरी जनताको आवाजको रुपमा हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma