Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

जनता आवास : १० घर निर्माणको अन्तिम चरणमा


माधव बेल्बासे
चन्द्रौटा,कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ मा निर्माणाधिन रहेका दश वटा घरको शनिवार अनुगमन गरिएको छ । लुम्बिनी प्रदेशले जनता आवास कार्यक्रम अन्र्गत छनोट गरेको घरको प्रदेश सभा सदस्य अर्जुन कुमार केसी,वडा अध्यक्ष टेकलाल सापकोटाको सयुक्त टोलीले अनुगमन गरेको हो ।


वडाको मदवामा निर्माणधिन रहेका घरहरुको अनुगन गर्दै प्रदेश सभा सदस्य केसीले विपन्न नागरिकहरुलाई लक्षित गरि सरकारले ल्याएको जनता आवास कार्यक्रमले जनतामा उत्साह छाएको बताउनुभयो । लामो समयदेखि सानो झुपुडि बनाएर बसेका नागरिकहरुलाई छनोट गरि उनीहरुको घर निर्माण पश्चात सहज हुने बताउनुभयो । जस्ता पाताको छानो,दुई वटा कोठा सहित घर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
चार वटा किस्ता मध्ये तीन वटा किस्ता वापतको रकम आइसकेको र एउटा किस्ताको काम भइरहेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । प्रती घर ३ लाख ३२ हजार रकम बिनियोजित रहेको पनि उहाँले बताउनुभयो । दलित विपन्न वर्गको नागरिकहरुलाई छनोट गरिएको उहाँले बताउनुभयो । कतिपय घरहरु निर्माणको काम पुरा भएको र कपितय अन्तिम चरणमा रहेको सापकोटाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma