Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

दुई किशोरीको उद्धार, एक बिचौलिया नियन्त्रणमा

चन्द्रौटा,७ चैत
भारत लैजाने क्रममा दुई किशोरीको उद्धार गरिएको छ । कपिलवस्तुको कृष्णनगर सीमा क्षेत्र वाट आफन्त नेपाल र नेपाल प्रहरीको टोलीले उनीहरुलाई उद्धार गरेको हो । कपिलवस्तु र दाङ निवासी क्रमशः १७,१८ वर्षका ती किशोरीहरुलाई भारत लैजान खोज्दा सोधपुछ गरिएको थियो । उनीहरुले मासु लिन जान लागेको बाहाना बनाई सीमा क्षेत्र पार गर्न खोजेको आफन्त नेपालका परामर्श कर्ता वर्षा मगरले बताउनुभयो ।
कपिलवस्तुको बिजयनगर गाउँपालिका ५ डालपुर बस्ने रेनु सुनारले ती किशोरीहरुलाई भारतको ब्याङ्लोरमा डान्स गराउने उद्देश्यले लैजान लागेको खुल्न आएको छ । सुरुमा भारतीय बजारमा मासु लिन जान लागेको भने पछि उनीहरुलाई संकाको घेरामा राखिएको थियोे । बारम्बार भारतीय नम्बर बाट कल आएपछि अझ बढी शङ्कास्पद देखिँदै गएकोले अनुसन्धान सुरु गरिएको परामर्शकर्ता मगरले बताउनुभयो ।
किशोरीहरुलाई सोधपुछ र अनुसन्धान पश्चात् डान्स बारका लागि दिनको २ हजार भारतीय रकम दिने प्रलोभनमा पारी लान खोजेको देखिएको आफन्त नेपालका क्षेत्रीय संयोजक केशर विश्वकर्माले बताउनुभयो । सुनारलाई भारतीय नागरिकले बारम्बर फोन सम्पर्क गरी गोरखपुर सम्म लिन आएको पाइएको विश्वकर्माले बताउनुभयो । उद्धार गरिएका ती किशोरीलाई विहिवार आफन्त नेपालको सुरक्षित आवास गृहमा राखिएको उहाँले बताउनुभयो । महिलालाई मानव बेचबिखन तथा ओसारपसार ऐन अन्तरगत मुद्धा दर्ता गरी जिल्ला अदालत कपिलवस्तुवाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरीक्षक सुकदेब पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma