Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

बिगुल सहकारीको अध्यक्षमा पौडेल चयन

माधव बेल्बासे
कपिलवस्तु,चन्द्रौटा

कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ मदवामा रहेको बिगुल बचत तथा ऋण सहकारी सस्थाको नवौ साधारण सभा तथा पाचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा नर बहादुर पौडेल,उपाध्यक्षमा कोपिला न्यौपाने,सचिवमा बेल सिह रावत,सहसचिवमा जिवलाल भुसाल,कोषाध्यक्षमा विक्रम केसी सहित ९ सदस्य चयन गरेको छ । देविराम पाण्डेको संयोजक्तवमा तीन सदस्य लेखा समिति चयन भएको सहकारीका व्यावस्थापक ज्ञान बहादुर जिसीले बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष भिम खनालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण गिरीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन केसीले सदस्यहरुलाई आत्मनिर्भर बनाउन सहकारीले सिपमुलक तालिमकहरु संचालन गर्नुपर्ने बताउनुभयो । सहकारीमा ऋण लिन र बचत गर्नको लागि मात्र सहभागि हुने भएकोले अब सोच परिवर्तन गर्नुपर्ने बताउनुभयो । कृषि,लघु उद्यम लगाएतका क्षेत्रवाट महिलाहरुलाई सक्षम बनाउन सहकारीले योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले थोरै थोरै रकम संकलन गरे अहिले ठुलो पुजी भएको बताउनुभयो । सहकारीले अब किसानले उत्पादन गरेका बस्तुलाई खरिद गर्ने र विक्रि गर्नुपर्ने बताउनुभयो । शिवराज सहकारी संजालका अध्यक्ष दमन भाटले सहकारीहरुलाई अब मर्ज गर्नुपर्ने बताउनुभयो । निश्चित पुजी कायम गरि सहकारीलाई एकिकृत बनाउन सकेमा सहकारीको भविष्य राम्रो रहेको बताउनुभयो । सहकारीले तीन जना सदस्यलाई सम्मान गरेको छ । असल मासिक बचत तर्फ सविना केसी,असल दैनिक बचत सन्तोष कुमार उपाध्याय र असल ऋणि तर्फ दुर्गा प्रसाद घिमिरेलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma