Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

पत्रकार महासंघ कपिलवस्तुुको सरगर्मी बढयो, अध्यक्षका चार आकांक्षी


नेपाल पत्रकार महासंघ कपिलवस्तुुको चुुनावी सरगर्मी बढन थालेको छ । महासंघको यहि चैत्र २५ गते हुने निर्वाचनमा सहमतीमै नेतृत्व दिनुपर्ने दवाव भइरहदा आकांक्षीहरुले भने चुनाव हुनसक्ने बताएका छन् । कपिलवस्तुुमा अहिले सम्म कुनै पनि संगठनले नेतृत्वको विषयमा ठोस निर्णय गर्न सकिरहेका छैनन् । अध्यक्षका उम्मेदवारहरु धेरै हुदा सहमती हुन सक्ने सम्भावना कम रहेको छ ।
प्रेस युुनियन कपिलवस्तुले किरनमान ब्राजाचार्यलाई अध्यक्षको उम्मेदवार बनाउने बताएपनि निर्णय भने गर्न सकेको छैन् । युुनियन र चौतारीको तालमेल हुन सक्ने सम्भावना रहेकोले अहिले निर्णय गर्न सक्ने अवस्थामा नरहेको युनियनको बुुझाई छ । ब्रजाचार्य भने अहिले जिल्लाका पत्रकारहरुलाई भेटघाटमा ब्यस्त छन् । जुुनसुकै हालतमा भएपनि आफुलाई अध्यक्षमा सहमती गरिने यदि त्यसो हुन नसके चुनाव हुने निश्चित रहेको उनको भनाई छ । लामो समय दखि पत्रकारीता गर्दै आएका ब्रजाचार्य पत्रकार महासंघका पूर्व उपधाक्ष्य हुन ।
जिल्लाको मधेशी समुुदाय र पश्चिम क्षेत्रमा लोकप्रिय रहेका कृष्णनगर क्षेत्रबाट पत्रकारिता गर्दै आएका मनोज ओझा पनि यस पटक अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका छन । पश्चिम क्षेत्रमा पत्रकारिता गर्दै आएका ओझा नेपाल पत्रकार महासंघको पूूर्व केन्द्रिय पार्षद समेत रहि सकेका छन । सिमा क्षेत्रमा सक्रिय पत्रकारिता गर्दै आएका ओझाले आफु यस पटक अध्यक्ष पदमा उम्मेदवारी दिदै निर्वाचनमा जाने बताएका छन । अध्यक्ष पदमा उम्मेदवारी दिने ओझाले पछिल्लो समय आफ्नो सक्रियता पनि बढाएका छन ।
यता प्रेस चौतारीका दुुई जना आकाक्षि हुँदा यस संगठनमा झनै ठुुलो सकस रहेको छ । ओली पक्षका तर्फ वाट पार्वती पाण्डे र नेपाल पक्षका हरि अधिकारीको अध्यक्ष बन्ने ईच्छा छ । पाण्डेलाइ नेकपा एमाले कपिलवस्तुको पूर्ण साथ रहेको बुुझिएको छ । यता अधिकारी भने कुनै पनि हालतमा अध्यक्ष पद नछोड्ने सोचमा रहेका छन् । उनी निकट एक पत्रकारले प्रेस चौतारीको तत्कालीन अध्यक्ष अधिकारी रहेकोले चौतारीको आधिकारीक अध्यक्षको उम्मेदवार अधिकारी नै हुने भन्दै सामाजिक संजालमा पोष्ट गरेका छन् ।
हाल नेतृत्व गरिरहेको प्रेस सेन्टरले भने अहिले अध्यक्षमा उम्मेदवारी दिने नदिने भन्ने विषयमा ठोस निर्णय दिन सकेको छैन् । अहिलेका अध्यक्ष डिलाराम भुसाललाई पुनः अध्यक्षको उम्मेदवार बनाउने योजना रहेपनि जिल्लाको पत्रकारीतामा सहमतिबाट अगाडी बढ्ने सेन्टरको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma