Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुुको महाराजगंजमा खेलकुद प्रतियोगिता शुरु


दिपक के.सी.
चैत्र १०
कपिलवस्तुको महाराजगंज नगरपालिकामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नारा सहित दोस्रो दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड र मेयर कप प्रतियोगिता मंगबारबाट शुरु भएको छ । नगरको बार्षिक कार्यक्रम अन्तगर्त प्रतियोगिता सुरु गरिएको नगरपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।


मंगलबार कार्यक्रमकको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी.ले गर्नु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य के.सी.ले खेलकुदले व्यक्तिलाई स्वास्थ्य राख्नुको साथै खेल कै माध्यमबाट राष्ट्रलाई विश्व सामु परिचित गराउन सकिने हुदाँ खेलकुदलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो । नगरपालिकाले खेललाई प्राथमिकता दिदै ढिलै भए पनि प्रतियोगिता आयोजना गर्न सफल भएकोमा धन्यवाद दिनु भयो । विद्यार्थीलाई शाररिक रुपमा तन्दुरुस्त राख्न मदत गर्ने हुदा दैनिक रुपमा विद्यालयमा पनि खेलकुद खेलाउनु पर्ने बताउनु भयो ।

प्रतियोगिताको उद्घाटन सत्रमा नगर प्रमुख अब्दुल कलामले नगरपालिकाले विद्यालय स्तरिय खेलकुद प्रतियोगिता आयोजना गरी विद्यालर्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन सहयोग गर्ने बताउनु भयो । खेलकुदका माध्यमबाट विद्यार्थिलाई अनुशासित र मर्यादित बन्न सहयोग पुग्ने मेयर कलामले बताउनु भयो । प्रतियोगितामा अनुशासित भएर खेल प्रर्दशन गर्न विद्यार्थीलाई आग्रह गर्नु भयो ।


राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता तर्फ नगरका ११ विद्यालयको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रेश्मीराज अर्यालले बताउनु भयो । यस्तै मेयर कप तर्फ ५ वटा विद्यालयको सहभागिता रहेको पनि उहाँले जनाकारी दिनु भयो । मंगलबारबाट सुरु भएको प्रतियोगिता ३ दिन सम्म चल्ने अर्यालले बताउनु भयो । उद्घाटन सत्रमा प्रतिष्प्रर्धी खेलाडीले मार्चपास, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नं. ४ का अध्यक्ष शुसिल कुमार चौधरी , झिन्ना माध्यमिक विद्यायल व्यवस्थापन समिति अध्यक्ष गंगेश तिवारी लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma