Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवगढीमा नवनिर्मित बर्थिङ्ग सेन्टर र ल्याब उट्घाटन

स्थानीय निर्वाचन पछि नगरमा हरेक क्षेत्रमा उल्लेख्य बिकास भए पनि त्यसलाई नदेखे जस्तै गरि केही भएको छैन भन्दै केहीले भ्रम छर्न खोजेको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । शिवराज ९ को भगवानपुरमा नवनिर्मित बर्थिङ्ग सेन्टर र ल्याब उट्घाटन कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै नगरप्रमुख अधिकारीले यस्तो बताउनु भएको हो। अहिले एकले अर्कोलाई दोष लगाएर आफू पानी माथिको ओभानो बन्ने प्रवृत्ति बढेका र यस्तो प्रवृत्तिले कसैको भलो नहुने राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने खुवी सबैमा हुनुपर्ने उहाले बताउनु भयो । खिचातानी र आरोप प्रत्यरोपले सबैलाई नोक्सान मात्र हुने भएकोले सबै एक भए सबै असम्भव पनि सम्भव भएको नगरप्रमुख अधिकारीले बताउनु भयो । त्यस्तै मन्तव्य राख्दै अध्यक्ष चुर बहादुर खड्काले पहिले सानो सानो स्वास्थ्य समस्यमा बुटवल भैरहवा पुग्नुपर्ने बाध्यता रहेको भन्दै अब यस बर्थिङ्ग सेन्टर र ल्याबको बन्नुले ति समस्यको समाधान भएको बताउनु भयो । अब बिस्तारै अपुग समाग्रीहरुलाई पनि ल्याउन पहल गर्ने पनि अध्यक्ष खड्काले बताउनु भयो । शिवराज ९ का अध्यक्ष चुर बहादुर खड्काको अध्यक्षतामा शिवराज नगरपालिका ९ र शिवगढी स्वस्थ्य साखाको आयोजनामा शिवराज नगरपालिका ९ शिवगढीको भगवानपुरमा भएको नवनिर्मित भवन ल्याब उट्घाटन कार्यक्रम संचालन वडा सचिब प्रेमसागर ओलिले गर्नु भएको हो। कार्यक्रममा जनयुद्ध जनआन्दोलनमा देश र जनताका लागि आफ्नो बलिदान दिने सहिद बेपत्ता परिवार र निस्वार्थ रात दिन नभनी जनताको सेवामा लागेको स्वयंसेबिकाहरुलाई सम्मान गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma