Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

विद्यालय पोषण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न ।


दिपक के.सी.
चैत्र १२
कपिलवस्तुको शिवराज नगरपालिका विद्यालय स्वास्थ्य तथा पोषण (किशोरी आइरन) अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा किशोर पोषणका लागी विद्यालयका किशोरीहरुलाई आइरन चक्की खुवाउने र उनीहरुको विवरण राख्ने बारे विद्यालयका शिक्षक र स्वास्थ्य कर्मिलाई प्रशिक्षण दिइएको हो ।
शिवराज नगरपालिका सामाजिक विकास शाखा संयोजक सिवी गहतराजले विद्यालय स्वास्थ्य तथा पोषण (किशोरी आइरन) कार्यक्रमले किशोरीहरुको लागी फाइदा पुग्ने बताउनु भयो । विद्यालय स्वस्थ्यका लागी यो कार्यक्रम प्रभावकारी हुने बताउदै शिक्षक र स्वास्थ्य कर्मिले कार्यक्रमलाई प्रभावकारी बनाउन मुख्य भूमिका खेल्नु पर्ने हुदाँ अभिमुखिकरण कार्यक्रम राखिएको बताउनु भयो । कार्यक्रममा सहजीकरण गर्दै प्रशिक्षक सुआहारका स्वास्थ्य तथा पोषण अधिकृत विजेन्द्र बन्जाडेले स्वास्थ्यकर्मि र शिक्षकले आरनचक्की प्रयोगको डाटा र रिर्पोट कसरी राख्ने भन्ने बारेमय जानकारी दिनुभएको थियो ।
नगरपालिकाका निमावि,मावि तहका विद्यालयका फोकल शिक्षक र स्वास्थ्य चौकी प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा शिवपुर स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलको स्वागत मन्तव्य र कार्यक्रमको संचालन शिवराज नगरपालिका स्वास्थ्य शाखा नर्सिङ्ग अधिकृत नर्मदा घिमिरेले गर्नु भएको थियो । कार्यक्रम सिकाइ केन्द्रको हलमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma