Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

नेपाल भारत मैत्रिपूर्ण नृत्य प्रतियोगिता हुदै


माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा

नेपाल भारत मैत्रिपूर्ण नृत्य प्रतियोगिता हुने भएको छ । छमछमि ईन्टरटेमेन्ट प्रालिको आयोजनामा कपिलवस्तुको कृष्णनगरमा यहि चेत्र २१ देखि वैशाख १५ गते सम्म हुने प्रालीका निर्देशक सुमन पौडेलले बताउनुभयो । शनिवार पत्रकार सम्मलेन गरी सो कार्यक्रम बारे जानकारी दिइएको छ ।
दुई देशका कलाकारहरु विच आपसी सम्बन्ध कायम गरि दुबै देशमा लुकेर रहेको क्षमतालाई बाहिर ल्याउने मुख्य उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको पौडेलले बताउनुभयो । अहिले सम्म भारतीय कलाकारसँग नेपाली कलाकारहरु अपरिचित हुने तथा नजिकको सम्बन्ध नहुने गरेकोले यो कार्यक्रमले सम्बन्धलाई प्रगाढ गराउने विश्वास रहेको छ । सीमा क्षेत्र केहि फरक सस्कृती रहेकोले ती सस्कृतीलाई यसै कार्यक्रम मार्फत विश्वस सामु पु¥याउने पौडेलले बताउनुभयो । दुई देश विच व्यापारीक सम्बन्ध मात्र रहेकोले अव एउटै मन्चमा नेपाली र भारतीय कलाकारहरुलाई देख्न सकिने पौडेलले जनाउनुभयो ।
कार्यक्रमले सीमा क्षेत्रमा बस्ने नागरिकहरुलाई मनोरन्जन प्रदान गर्नुका साथै टेलिभिजन मार्फत मुलुक भर तथा युटुवमार्फत विश्वभरका नागरिकले मनोरन्जन लिन सक्ने बताइएको छ । सामुदायिक टेलिभिजन बुद्ध आवाज वाट प्रशारण हुने उक्त प्र्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । अहिले सम्म प्रतियोगितामा १५० जना सहभागिहरु भएका मध्ये ८० जना भारतीय कलाकारहरुको सहभागिता रहेको उहाँले बताउनुभयो । नेपाली,हिन्दी र अग्रेजी गितमा हुने प्रतियोगितामा प्रथम हुनेले रु १ लाख,द्धितिय २० हजार र तृतिय १० हजार पुरस्कार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma