Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

चन्द्रौटा कृष्णनगर चारलेन : दुई वर्षमा ३६ प्रतिशत काम

माधव बेल्बासे

चन्द्रौटा,२९ चैत।

चन्द्रौटा कृष्णनगर चारलेन सडक निर्माणको काम तोकिएको समयमा नसकिने निश्चित भएको छ । निर्माण सुरु भएको दुई वर्षमा ३६ प्रतिशत मात्र काम सम्पन्न भएको छ । शुरुमा तीव्र गतिमा काम भए पनि कोरोनाका कारणले हालसम्मको निर्माण प्रगति हेर्दा तोकिएको मितिमा यो सडक काम सम्पन्न हुने देखिदैँन । दुई वर्षमा २०  प्रतिशत मात्र रकम खर्च भएको निर्माण कम्पनीले बताएको छ । चन्द्रौटादेखि कृष्णनगरसम्म यो सडकखण्ड २० किलोमिटर छ । दुईलेनको यस सडकमा २१ मिटर चौडाइमा चारलेन सडक निर्माण गरिने निर्माण कम्पनीका प्रमुख नवीन गुरुङले जानकारी दिनुभयो । 

रुख कटान, विद्युत्को खम्बा सार्ने, खानेपानीको पाइप व्यवस्थापन ,कोरोना महामा लगायतको कारणले केही ढिलाइ भएको सडक सुधार विकास आयोजना लमहिका आयोजना प्रमुख पारस हमालले बताउनुभयो । जटिल काम सम्पन्न भइसकेकाले बाँकी एक  वर्षमा चारलेन सडक काम सम्पन्न गर्न सकिने हमालले बताउनुभयो । कोरोनाका कारण ६ महिना र रुख तथा विद्युत पोल सार्न ६ महिना गरी एक वर्ष समय थप भएको उहाँले बताउनुभयो । अव एक वर्ष समय छ,यो समयमा निर्माण कम्पनीले काम सम्पन्न गर्नुपर्ने हुन्छ,हमालले भन्नुभयो अब थप समय माग्ने कुनै आधार छैन ,अब एक वर्षमा काम नसकिएको खण्डमा पेनाल्टीमा काम गर्नुपर्ने हुन्छ ।

यो सडकमा ३५ वटा कल्भर्ड निर्माण भइसकेका छन् । सडकभित्र पर्ने ५१६ रुख काटिएको छ भने विद्युत्को खम्बा सार्ने काम भइरहेको छ । गत चैत्र देखि करिव ६ महिना सम्म कोरोनाका कारणले केहि पनि काम हुन नसक्दा तोकिएको समयमा काम सम्पन्न हुन नसकेको निर्माण कम्पनीका प्रमुख गुरुङले बताउनुभयो । माटो फिलिङ ९० प्रतिशत,ग्राभेल ५० प्रतिशत,कल्भर्ट निर्माण ९५ प्रतिशत काम सकिएको उहाँले बताउनुभयो । सडक सुधार विकास आयोजना र एक्जिम बैंकबीच सडक निर्माणका लागि भएको सम्झौताअनुसार यो सडक निर्माण हुन लागेको हो । सम्झौतापछि यो सडकखण्डको ठेक्का कालिका दिनेशचन्द्र जेभीले लिएको छ । कालिका नेपालको कन्ट्रक्सन हो भने दिनेश जेभी भारतीय हो । सडक निर्माणमा प्रयोग हुने ५१ प्रतिशत सामग्री भारतमा उत्पादन भएको हुनुपर्ने छ  ।

भारतीय सहयोग रहेकाले रकम निकासामा झन्झटिलो  हुँदा पनि तिव्र रुपमा काम गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ । भारतीय सीमासँग जोडिएको सडक चार लेन निर्माणसँगै दुई देशीय आयातनिर्यातमा सहज हुने विश्वास छ । सडक निर्माण पश्चात यस क्षेत्रमा रहेको उद्योगहरुलाई आवश्यक कच्चा पदार्थ आयात गर्न सहज हुने चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर मियाँले बताउनुभयो । अब ग्राभेल र  पिच गर्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । रु ७५ करोड बजेटमा निर्माण हुन लागेको चारलेन सडक निर्माणमा दुई समय भन्दा बढीले रोजगारी पाएका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma