Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कृष्णनगरमा जनप्रतिनिधीले गरे कर्मचारी माथी हातपात


दिपक के.सी.
कपिलवस्तु बैशाख ६
कपिलवस्तुको कृष्णनगरमा कर्मचारीहरु जनप्रतिनिधी बाटै असुरक्षित भएका छन । समय समयमा नगरपालिकाका कर्मचारी माथी जनप्रतिनिधीबाट दुव्र्यबहार हुने गरेको छ ।


यहि बैशाख ५ गते कृष्णनगर नगरपालिका वडा नं. ६ का अध्यक्ष देवानन्द शुक्लाले नगरपालिकाका लेखापाल सन्तोष पन्थि माथी हातपात गरेका छन । आइतबार लेखा प्रमुख पन्थीले वडा अध्यक्षको विलभरपाईमा आएको बेरुजुको बारेमा बुझाउदै गर्दा वडा अध्यक्षले एक्कासी हातपात गरेको र कार्यालय तोडफोड गरेको पन्थिले बताए ।
कर्मचारी माथी कार्यालय समयमा जनप्रतिनिधीबाट हातपात भए पछि नगरका सम्पूर्ण कर्मचारीले असुरक्षित रहेको भन्दै विज्ञप्ती समेत निकालेका छन । कर्मचारी माथी भएको दुव्र्यवहार र हातपातका कारण नगरपालिकाका कर्मचारीले सोमबार पेन डाउन गरेको प्रमुख प्रशासकिय अधिकृत विजय कार्कीले बताए । सकेसम्म छलफल र बार्ताको माध्यमबाट समस्याको समाधान गर्ने त्यसरी पनि नभएका कानुनी प्रकृयामा जाने काकीले बताउनु भयो । “आज लेखापाल माथी हातपात भएको छ, भोलि म र अन्य कर्मचारी माथी पनि हुन सक्छ त्यसैले हामी दीर्घकालिन समाधान चहान्छौ” काकीले भने ।


यता वडा अध्यक्ष शुक्लाले आफुले हातपात नगरेको बताएका छन । आफ्नो नाम आएको यातायात र खाजा नास्ताको वेरुजुको भौचर देखाउन लेखापाललाई आग्रह गर्दा नदेखाएको र उल्टै धम्की दिएकोले भनाभन भएको बताएका छन । कर्मचारी र नगर प्रमुखको मिलेमतोमा आफुलाई अफ्ट्यारो पार्न खोजेको अध्यक्ष शुक्लाले बताए ।
नगरपालिका प्रमुख रजत प्रताप शाहले कर्मचारी माथी जनप्रतिनिधीले हातपात गर्नु गलत कार्य भएको बताएका छन । गलत काम गर्ने माथी नगरले कारर्वाहि गर्ने उनले बताए । घटनाबारे छानविन हुने र दोषिलाई कारबाहि गरिने नगर प्रमुख शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma