Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

अबैध काठ कटानमा सम्लग्न वडा सदस्य खत्री बिरुद्ध किटानी जाहेरी

कपिलवस्तुुको शिवराज नगरपालिका वडा न ४ का वडा सदस्य कृष्ण खत्री अवैध काठ कटानमा संम्लग्न भएको भन्दै स्थानियले किटानी जाहेरी दिएका छन् । शिवराज नगरपालिका वडा ४ बनकट्टीमा ऐलानी जग्गामा रहेका ४ वटा खयर जातका रुख अबैध रुपमा उनकै रहोबरमा सोमबार बिहान काटिएको भन्दै स्थानियहरुले कारवार्ही गर्न माग गरेका छन् ।
अवैध रुख काटदै गर्दा वडा सदस्य खत्रीले भने नजिकै रहेर काठ कटानमा सहयोग गरिरहेको भिडियो सार्वजनिक भएको छ । वडा सदस्यकै रहोबरमा अवैध काम गरिनुुले जनतामा जनप्रतिनिधिहरु प्रति उत्तरदायी नभएको देखिन्छ । सोमवार बिहान अवैध रुपमा काठ कटान भएको सुचना पाएपछि वडा प्रहरी कार्यालय चन्द्रौटा र डिभिजन बन कार्यालय गौतमबुुद्धको टोली उक्त स्थलमा गएको थियो ।
घटना स्थल पुुग्दा कोहि पनि नरहेको र काठलाई बन कार्यालयको जिम्मा लगाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । यता डिभिजन वन भने किटानी जाहेरी परेकोले खत्रीलाई अनुसन्धानको लागि कार्यालय बोलाएको जनाएको छ । अटेरी गरेको खण्डमा पक्राउ गरिने जनाइएको छ । बन कार्यालयका प्रमुुख दुुर्गा कार्की आफु काठमान्डौ रहेको र काठ काटिएको विषयमा छानविन भइरहेको बताउनुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma