Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु



कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका ३ डुमरीया बस्ने ४५ की सहारुन निशाको बुधवार दिउसो मृत्यु भएको हो । चट्याङ लागेर निशाको शरिरको वायाँ भाग जलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनु भयो । स्थानिय बगैचामा गोबरको गुइठा लिन जाने क्रममा चट्याङ लागेको बताइएको छ । महिलाको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको भण्डारीले बताउनुभयो । मृतक महिलाको शवको पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma