Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

अवैध रुख कटानमा संलग्न वडा सदस्य खत्री नियन्त्रणमा

मोफसल खवर वैशाख ०९ कपिलवस्तु
अबैध रुख कटानमा संलग्न भएको आरोपमा वडा सदस्यलाई बन कार्यालयले नियन्त्रणमा लिएको छ । गत सोमबार कपिलवस्तुुको शिवराज नगरपालिका वडा न ४ का वडा सदस्य केशव बहादुर खत्री(कृष्ण) अवैध काठ कटानमा संम्लग्न भएको भन्दै स्थानियले किटानी जाहेरी दिएका छन् । खत्रीलाई घटना भएको दुई दिन पछि नियन्त्रण लिइएको डिभिजन बन कार्यालय गौतमबुद्धका सहायक बन अधिकृत एजाज अन्सारीले बताउनुभयो ।
शिवराज नगरपालिका वडा ४ बनकट्टीमा ऐलानी जग्गामा रहेका ४ वटा खयर जातका रुख अबैध रुपमा उनकै रोहबरमा सोमबार बिहान काटिएको भन्दै स्थानियहरुले कारवार्ही गर्न माग समेत गरेका थिए । अवैध रुख काटदै गर्दा वडा सदस्य खत्रीले भने नजिकै रहेर काठ कटानमा सहयोग गरिरहेको भिडियो सार्वजनिक भएको थियो । मिडियाले भिडियो सार्वजनिक गरेपछि खत्रीलाई नियन्त्रणमा लिन वन कार्यालयलाई दवाव परेको थियो ।

वन कार्यालयमा जाहेरी परेपछि खत्री फरार रहेका थिए र विहिवार स्वंयम खत्री वन कार्यालयमा उपस्थित भएको अन्सारीले बताउनुभयो । अनुसन्धान जारी रहेकोले शुक्रवार म्याद थपिने अन्सारीले बताउनुभयो । अब खत्रीमाथि लागेको आरोप प्रमाणित भएमा ६ महिना सम्म कैद र बिगो अनुुसारको जरिवाना हुने छ ।
नेकपा एमाले वाट निर्वाचित वडा सदस्यकै रोहबरमा अवैध काम गरिनुुले जनतामा जनप्रतिनिधिहरु प्रति उत्तरदायी नभएको देखिन्छ । बहुमुल्य खयर जात बजारमा किलो अनुसार बिक्रि हुने गर्दछ । अबैध रुपमा काटिएको १०७.६४ क्युफिट काठ बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma