Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सिमा क्षेत्रमा सशस्त्र प्रहरी द्वारा स्वास्थ सुरक्षामा कडाइ ।।


कोभिड १९ को संक्रमण बढे संगै भारत बाट नेपाल भित्रिने नेपालीहरुको संख्या दिन प्रति दिन बढिरहेको छ । भारतबाट नेपाल आउने नेपालीहरुको स्वास्थ्य सुरक्षाका लागि सिमा क्षेत्रमा शसस्त्र प्रहरीले सिमामा स्वास्थ साबधानी अपाउदै कोरोना सम्बन्धि जनचेतना तथा कोरोना नियान्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री वितरण तथा गरेको छ ।
सोमवार सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीका प्रमुख डिआइजी किशोर प्रधानले सिमा क्षेत्रमा भारतबाट नेपाल प्रबेश गर्ने नेपालीहरुलाई पुरानो माक्स फाल्न लगाइ ,नयाँ माक्स वितरण गर्नु भयो । प्रधानले सेनेटाइजर लगाउन, तापक्रम नाप्ने,घरमा कम्तिमा १० दिन अलग्गै बस्न सल्लाह दिनु भयो । शसस्त्रले कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डहरु उल्लेखित पम्पप्लेट समेत बितरण गरेको छ ।

कोरोना स्वास्थ सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजी प्रधानले जिल्लामा कृष्णनगर नाका मात्र खाेलिएकाे हुनाले काेभिड १९ नियन्त्रण गर्न सजिलाे हुने यहि नाका स्वास्थ सामाग्री बितरण गरेको बताए । कार्यक्रममा कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले सिमा क्षेत्रमा काेराेना नियन्त्रणमा कृष्णनगर नगरपलिकाले हातेमालो गर्दै अघि बढेको बताए। नगरपलिकाले सबै वडामा ५,५ वेडकाे अाइसुलेसन छिटै संचालनमा ल्याउने नगरप्रमुख शाहले बताए ।

सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले जनताकाे स्वास्थ्य सुरक्षा र काेराेना बाट बच्नकाे लागि भारतसंग सटेकाे लुम्बिनी प्रदेशकाे भैरहवा,कृष्णनगर तथा नेपालगंजकाे जमुनाहा नाकामा मास्क वितरण तथा जनचेतना कार्यक्रम गरिरहेको सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीले जनाएकाे छ ।

सिमा क्षेत्रमा कोरोना नियन्त्रण र रोकथामका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले युनिसेफ मार्फत सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma