Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

बिजयनगर गाउपालिकाद्वारा कपिलवस्तु अस्पताललाई ५ लाख सहयोग

कपिलवस्तु -संकटमा परेको जिल्ला अस्पताल तौलिहवामा सहयोग जुटदै गएको छ । यसैक्रमा पत्रकार महासंघ कपिलवस्तुको पहलमा कपिलवस्तुको बिजयनगर गाउपालिकाले जिल्ला अस्पताल तौलिहवालाई रु ५ लाख प्रदान गरेको छ । कोरोना संक्रमितको संख्या बढे पछि अस्पतालमा उपचारको समस्या आएको बिषयमा अवगत गराए पछि बिजयनगर गाउपालिकाले अस्पताललाई सो सहयोग गरेका हो । सहयोगकालागि प्रजिअ चक्रपाणी पाण्डेयले समेत गाउपालिका प्रमुख गोपाल थापालाई आग्रह गर्नु भएको थियो ।

सो रकम बरामबरको चेक गाउपालिका अध्यक्ष थापाले अस्पतालका ब्यवस्थापक रत्नाकर शुक्लालाई हस्तान्तरण गर्नु भएको थियो । कोरोना संक्रमितको सख्या बढे पछि अस्पतालमा उपचारको समस्या आए पछि अस्पताललाई सो सहयोग गरेको उहाँले बताउनु भयो । जिल्ला अस्पतालको विकास तथा कोभिड १९ का विरामिका लागि राहत होस भन्ने उद्देश्यले अस्पताललाई रकम दिएको उहाँले बताउनु भयो । कोभिड संक्रमित बढदै गएको अवस्थामा आइसोलेशन र अक्सिजनको ब्यवस्थापनका लागि रकम प्रदान गरिएको उहाँले बताउनु भयो । कोभिड अक्रान्त भएको समयमा पालिकाले ५ लाख रकम दिनु आफैमा उदाहरणिय भएको नेपाल पत्रकार महासघंका अध्यक्ष किरणमान बज्राचार्यले बताउनु भयो ।

अस्पतालका ब्यवस्थापक रत्नकर शुक्लाले संटकमा परको अस्पताललाई सहयोग गरेकोमा धन्यबाद दिदै अस्पताललाई थप सहयोग गर्न सबैमा अपील गर्नु भयो । महाराजगंज नगरपालिकाले ५ लाख, मायादेबी गाउपालिकाले २ लाख युवा समाजसेबी गोपीकृष्ण शर्मालृ अक्सिजन सिलिन्डर किन्न चलाएको अभियानमा साढे ७ लाख बढी रकम संकलन गरी सकेका छन । यस्तै युवा नेता प्रकाश घिमिरे समेत सहयोग अभियानमा जुट्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma