Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराज नगरपालिका द्धारा बजार अनुगमन


दिपक के.सी.
कपिलवस्तु जेठ ३
कपिलवस्तुको शिवराज नगरपालिकाले नगरको व्यापारिक केन्द्र चन्द्रौटा बजारमा रहेका निजि स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको छ । निजि स्वास्थ्य संस्थाहरुले कोभिड १९ को महामारीको समयमा कालो बजारी , अधिकमूल्य नियन्त्रणका लागि नगरले अनुगमन गरेको हो ।
सोमबार इलाका प्रशासन कार्यालय प्रमुख नेत्र प्रसाद शर्माको नेतृत्वको टोलिले चन्द्रौटाका गणपति मेडिकल फर्मा,बुद्धा फर्मा , गुलशन मेडिकल, निरज मेडिकल, जनता हेल्थ क्लिनिक र नुतन फार्मेसी, सिटिक्लिनीको अनुगमन गरेको हो । अनुगमनका क्रममा औषधी पसलहरुमा खरिद विक्रि खाता भए नभएको, खरिद विक्रि मूल्य समाजस्यता, प्रमाण पत्र, आवश्यक कागजात, दक्ष जनशक्ति चेकजाँच गरिएको इलाका प्रशासन कार्यालय प्रमुख शर्माले जानकारी दिनु भयो ।
अनुगमनका क्रममा केहि मेडिकलहरुमा खरिद विक्रि खाता चुस्तदुरुस्त राखेको नपाईकोले ७ दिन भित्र खाता चुस्तदुरुस्त बनाइ नगरपालिकामा जानकारी गराउन निर्देशन दिएको शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी चौधरीले बताउनु भयो ।
डाक्टर सहितको सेवा प्रवाह गर्ने क्लिनीकहरुमा डाक्टरको नाम एनमसी नम्बर र सेवा श्ुल्क देखिने गरि राख्न लगाइएको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले बताउनु भयो । एमआरपी मुल्य भन्दा बढि मूल्य लिएको सुचना पाए नियम बमोजिम कारवार्हि गरिने चेतवानी समेत दिएको उहाँले बताउनु भयो ।
अनुगमनमा स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराई, चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष इश्वरी पाण्डे, व्यापार संघ कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष जगत पौडेल ,वडा प्रहरी कार्यालय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma