कपिलवस्तुमा कोरोना भाइरस संक्रमणले मंगलबार थप ५ जनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका ४, पिपरीका ४५ वर्षीय पुरुष र यशोधरा गाउँपालिका ६ का १८ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै बुद्धभूमि नगरपालिका–६ का ४२ वर्षीय पुरुष, सोही नगरपालिका– १ का ४१ वर्षीय पुरुष र वडा नं. १० का २७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले जानकारी दिए ।

ती पाँचै जनाको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै मंगलबार नै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको घिमिरेले बताए । जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । मंगलबार साँझसम्म सक्रिय संक्रमित १ हजार ३ सय १० पुगेको छ ।

0Shares