Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

माओवादी नेता पाण्डेलाई गोली प्रहार गर्ने २ आरोपित सार्वजनिक

कपिलवस्तु- नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दिपक पाण्डेमाथि गोली प्रहार गर्ने २ जना आरोपिलाइ प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार राति पाण्डेमाथि गोली प्रहार गर्ने २ जना आरोपितलाई प्रकाउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

घटनाका आरोपित कपिलवस्तु नगरपालिका वडा नं। १ का ३९ बर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नं। २ बस्ने साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । नेता पाण्डेमाथि ३ राउण्ड गोली प्रहार प्रहार भएको छ । उहाँको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । घटनामा संलग्नबाट लु १६ प ३४९७ नं। को पल्सर मोटरसाइकल, दुई थान मोवाईल, एक थान जंगी राउण्ड, एक थान खोका पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाउ परेका आरोपित यादवले व्यक्तिगत रिसिबीका कारण आफुले गोली प्रहार गरेको स्विकार गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत दुष्मनीका कारण आफुले हत्याको योजना बनाएको पनि यादवले प्रहरी सामु बताएका छन् । नेता पाण्डे सडवाबाट तौलिहवा तर्फ आफ्नो निजी मोटरसाइकलमा आउँदै गर्दा उहाँमाथि गोली प्रहार भएको थियो । पाण्डेसंगै रहनुभएका अर्का भारतीय नागरिक मोहमद ईसाद खानपनि घाइते भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma