Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुमा जेठ १८ देखि २४ जेठ गते सम्म निषेधाज्ञा थपियो

कपिलवस्तु-कपिलवस्तुमा जारी निषेधाज्ञा फ़ेरि जेठ १८देखि २४ गते सम्म थपिएको छ । तेस्रो पटकका लागि थप गरिएको लकडाउन जेष्ठ १७ गते राति १२ बजे सकिदै थियो । तर, कोरोना भाइरसको संक्रमणदर नघटेको विश्लेषण गर्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमी) जिल्ललामा    चौथो पटक थप गरीएको निषेधाज्ञा   जेठ १८देखि २४ गते सम्म कायम रहनेछ  ।

विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म अत्यावश्यकीय कामका लागी पसल सञ्चालन हुने छन् । निजी तथा सार्वजनिक यातायातका माध्यमलाई सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञामा अनुमति नलिने सवारी साधनलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेय बताउनुभयो । कोरोना संक्रमणका कारण जोखिमपूर्ण अवस्था कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma