Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

रोट्रयाक क्लब अफ बुद्धभूमिको अध्यक्षमा खनाल

रोट्रयाक क्लब अफ बुद्धभूमिको (२०२१/२०२२) का लागि अध्यक्ष पदको जिम्मेवारीमा शिव खनालले पाएका छन् । खनाल लोकदोहोरी प्रतिष्ठान कपिलवस्तुका सह सचिव समेत हुन ।

उनी विगत एक दशक देखी सामाजिक क्षेत्रका अभियानमा सकृय खनाल रोट्याक क्लब अफ बुद्धभूमिका संस्थापक सदस्य हुदै २ कार्यकाल सचिवको पदमा रही आफूलाई विगत ४ वर्षदेखि समाज सेवामा होम्दै आएका छन । खनालले रोट्याकका विभिन्न गतिविधिहरुमा सकृयपूर्वक भाग लिदै आएका छन ।

औपचारीक जुम मिटिङ मार्फत साधारण सभाबाट २०२१/२०२२ का लागि कार्य विभाजन गरिएको हो । जसमा क्लबको प्रेसिडेन्ट इलेक्ट लेखनाथ बेल्बासे, प्रेसिडेन्ड नोमिनी लिल बहादुर कुँवर, भ्वाइस प्रेसिडेन्ट शेखरनाथ खनाल, बोम प्रसाद पन्थी, सेक्रेटरी (सचिव) ईश्वरी प्रसाद भुसाल, ज्वाईन्ट सेक्रेटरी (सह सचिव) कृष्ण गिरी, ट्रेजर (कोषाध्यक्ष) विशाल गिरी, क्लब सर्भिस डिरेक्टर सुभास घिमिरे, कम्युनिटी सर्भिस डिरेक्टर सुशिला जिसी, प्रोफेशनल सर्भिस डिरेक्टर विकास आचार्य, इन्टरनेशनल सर्भिस डिरेक्टर विमर्श खनाल, सर्जेन्ट एटआम्स वर्षा लम्साल, पब्लिक रिलेशन डिरेक्टर कमल प्रसाद अधिकारी, मिडिया आउटरिच डिरेक्टर गणेश बेल्बासे संगमलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma