Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

मनकामना सामुदायीक बनद्धारा घरमै पुगेर मास्क वितरण


केशव बेल्वासे: कपिलवस्तु- कोरोना भाइरस कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागी मनकामना सामुदायिक बन उपभोक्ता समितिले आज शिवराजका विभिन्न गाउँकामा पुगेर मास्क वितरण गरेको छ । कोरोना भाइरस कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यानमा राख्दै शिवराज नगरपालिकाको खैरी, करैया, नौडिया, बेलौति चोक, चयनपुर, बेलडाडि, लगायत गाउँका उपभोक्ता तथा स्थानीयहरुको घरमै पुगेर र मनकामना विद्यालयमा समेत गरी ५ हजार बढि मास्क वितरण गरीएको मनकामना समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम बहादुर के सी ले जानकारी दिनुभयो ।


प्रशासनले लकडाउन लगाएको र भिडभाड नगर्न अनुरोध गरेको हुदा घरमै पुगेर मास्क वितरण तथा सल्लाह सुझाब दिइएको अध्यक्ष के सी ले बताउनुभयो । मनकामना बन उपभोक्ता समितिका सचिब धनिराम थारु, हेरालु डिला थापा, सदस्यहरु सुुमित्रा ठकुरी, हुुमबहादुर रेस्मि मगर, तेजबहादुर कुुवर, खगिसरा बस्नेत, लगायतको सहभगितामा मास्क वितरण गरीएको हो । घरमै मास्क पाएपछि स्थानीय तथा उपभोक्ता खुसीभएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma