Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुमा जेठ मसान्तसम्म निषेधाज्ञा


कपिलवस्तुमा जेठ मसान्त अर्थात ३१ गतेसम्म निषेधाज्ञा थप भएको छ । कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि आइतवार बसेको जिल्ला बिपत ब्यवस्थापन समितको वैठकले निषेधाज्ञालाई एक साता लम्बाउँदै जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जिल्लामा कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि यो पाचौ पटक निषेधाज्ञाको समय थप गरिएको हो । यस अघि थपिएको निषेधाज्ञाको समय २४ गते राति १२ बजेबाट सकिदै छ । जिल्लामा संक्रिय सङ्क्रमितको सख्या केहि घटेपनि नियन्त्रणको लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।
निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै आतिआवश्यक कामको लागि विहान ९ वजेदेखि १ बजे सम्म समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma