Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराजवासीमा खुसियाली : दुई एम्बुलेन्स, एक दमकल खरिद

माधव बेल्बासे
चन्द्रौटा,२८ जेठ

लामो समयदेखि नागरवासीहरुले गरेको मागलाई शिवराज नगरपालिकाले यस वर्ष भने पुरा गरेको छ । नगरपालिकाले एउटा दमकल र दुई वटा एम्बुलेन्स खरिद गरी संचालनमा ल्याएको छ । नगरमा एम्बुलेन्स नहुँदा बिरामीहरुलाई धेरै रकम तिर्नुपर्ने बाध्यता रहेको थियो भने दमकल नहँुदा आगलागीका कारण वर्षेनी लाखौको धनजन क्षति हुने गरेको थियो ।
दुई वटा एम्बुलेन्सलाई रु २१ लाख ५० हजार र दमकल रु ५५ लाखको लागतमा खरिद गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले बताउनुभयो । कोरोनाका बिरामीहरुलाई निःशुल्क र अन्य बिरामीहरुको हकमा भने नगरपालिका निश्चित रकम तोक्ने उहाँले बताउनुभयो । अहिले एम्बुलेन्सको लागि दुई जना चालक र दमकलको लागि २ जना फायरमेन र एक जना चालक नियुक्तिको प्रकिृयामा रहेको अर्यालले बताउनुभयो । दमकल संचालनको विषयमा भने कार्यपालिकामा छलफल पछि निर्णय हुने उहाँको भनाई छ ।
निर्वाचन पश्चात् आफूले दमकल र एम्बुलेन्स ल्याउन धेरै प्रयास गरेपनि यस वर्ष भने सफल भएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । विभिन्न प्राविधिक कारणले गर्दा वर्ष ल्याउन नसकिएको जनाउँदै अब नगरवासीहरुलाई सहज हुने बताउनुभयो । हावाहुरीको समयमा अत्यधिक आगलागीका घटनाहरु हुने तर नगरमा दमकल नहुँदा अन्य तहको भरमा बस्नुपर्ने वाध्यता रहेको स्मरण गर्नुभयो । “अब फोन गर्न साथ दमकल घटना स्थलमा पुग्छ, नगरप्रमुख अधिकारीले भन्नुभयो,“एम्बुलेन्सले नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह गर्ने छ,निम्न वर्गहरुको लागि विशेष छुट समेत गर्ने योजना छ, ।”
नगरपालिकाले दमकल र एम्बुलेन्स खरिद गरेर जनता बचाउने काम गरेको स्थानीय युवा सरोज पौडेलले बताउनुभयो । पटक पटक नगरप्रमुखलाई अति आवश्यकको रुपमा दमकल र एम्बुलेन्स रहेकोले खरिद गर्नको लागि आग्रह गरिएको उहाँले बताउनुभयो । “नगरपालिकाले गरेको सकारात्मक कामलाई हामी नगरवासी पुर्ण साथमा छौ, पौडेलले भन्नु्भयो, “जननिर्वाचित प्रतिनिधिहरुले जनताको पक्षमा निर्णय गर्नुपर्छ,जुन अहिले शिवराजले गरेको छ, ।” नगरपालिकाले यस वर्षको योजनाका दमकल खरिदको लागि रु ८० लाख र एम्बुलेन्स खरिदको लागि रु ३२ लाख बजेट विनियोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma