Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवगढीमा निर्माणाधिन जनस्वास्थ्य सेवा केन्द्रलाई सहयोग


दिपक के.सी.
कपिलवस्तु, जेठ २९

शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा निर्माण हुन लागेको जनस्वास्थ्य सेवा केन्द्र अस्पताल निर्माणमा विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गरेका छन ।
करिब ६३ लाख लागतमा निर्माण हुन लागेको १५ शैयाको अस्पताल निर्माणका लागि कल्याणकोट सा.ब.उ.समितीमार्फत नगद रू. ५०,०००, रुपन्देहि बुटवल तिलोत्तमाका व्यवसायि भिम उपाध्यायले रू. २५,०००, नेपाल ट्रेक्टर व्यवसायी समिती शिवगढी भगवानपुरबाट ढुंगा २७ ट्राली (रू.८१,०००) बराबर ,मिस्कट÷बालुवा– २५ ट्राली (रु. ५०,०००) बराबर, मिन बहादुर के.सी.ले रु.१७५०० बराबरको गिट्टी, जनश्रमदानमा लेबर तर्फ १४० दिनको पारिश्रमिक रु.७७०००, मिस्त्री तर्फ २० दिनको पारिश्रमिक १७००० गरि कुल ३ लाख १७ हजार ५०० बराबरको सहयोग भएको निर्माण समितिका अध्यक्ष यादव चन्दले बताउनु भयो ।
शिवगढी बासी संगै सम्पूर्ण नगरबासीलाई शुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य जनस्वास्थ्य सेवा अस्पतालको निर्माण हुन लागेको निर्माण समितिका अध्यक्ष चन्दले बताउनु भयो । शिवगढीबासी नागरिकको स्वतस्फूर्त सहयोगबाट छिट्टै निर्माण काम सम्पन्न हुनेमा चन्दले विश्वास व्यक्त गर्नु भयो । विभिन्न संघ संस्था, व्यवसायि र स्थानियबाट भवन निर्माणमा सहयोग जुट्दै गरेको स्थानिय युवा विक्रम के.सी.ले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma