Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुमा केही खुकुलो सहीत एक साता निषेधाज्ञा थप


कपिलवस्तु- आर्थिक र ब्यवसायिक गतिबिधि बढाउन कपिलवस्तुमा केही खुकुलो सहीत एक साता निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमनको चेन ब्रेक गर्न कपिलवस्तुमा छैठो पटक निषेधाज्ञा थप गरिएको हो । असार १ देखि असार ७ सम्मकालागि निषेधाज्ञा थपिएको हो । जिल्लामा गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ । आइतवार प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना ब्यवस्थापन समितिले गरको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो । प्रजिअ चक्रपाण्ी पाण्डेयले कोरोना भाईरासको दोश्रो भेरिन्टको चेन रोक्नकालागि फेरी एक साताकालागि निषेधाज्ञा थपिएको बताए । असार ७ गते १२ बजे सम्मकालागि निषेधाज्ञा जारी रहने छ । अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेयले बताए । खाद्यान्न तथा अन्य सरसामान किनमेलकालागि समयावधी बढाउदै दैनिक बिहान ९ बजे देखि दिउसो ५ जे सम्म समय तोकिएको छ । बैकिङ र सरकारी कार्यालय खुला गरिएको छ । यस्तै मोटरसाईकल कार र अटो चलाउन समेत दिईनेछ । सार्वजनिक यातायातमा भने रोक लगाइएको छ । , सभा सम्मेलन गोष्ठी हाटेल तथा रेस्टुरेन्ट लगायतका संचालन गर्न रोक लगाइएको छ । जिल्लामा २ सय ३६ सकृय सक्रमित छन । संक्रमितको संख्या घटेसंगै निषेधाज्ञालाई केही खुकुलो पारिएको प्रजिअ चक्रपाणी पाण्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma